IME Life New

मोबाईल एप रिचार्जरले ल्यायो नयाँ योजना, सामान मन नपरे फिर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चाडपर्वलाई लक्षित गर्दे मोबाइल एप रिचार्जरले ‘ट्राई फस्ट बाई लेटर, मन नपरे फिर्ता ’योजना ल्याएको छ । जस अन्तर्गत रिचार्ज र एपको माध्यमबाट लुगा तथा जुत्ता खरिद गर्ने क्रममा आफुसँग आएको सामान मन नपरे फिर्ता गर्न सकिने रिचार्जरले जनाएको छ ।

रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले –ग्राहकहरुले सामान अर्डर गरेर ट्राई गरे पछि मन नपरेको खण्डमा तत्कालै उक्त सामान फिर्ता गर्न सक्ने छन् । रिचार्जरबाट सामान अर्डर गरे पछि पाएको सामान मन नपरेर फिर्ता गर्दा कुनै किसिमको रकम तिर्नु नपर्ने बताएका छन् ।

Esewa
Crest

पछिल्लो समय अनलाइन तथा विभिन्न एपबाट सामान किन्ने ग्राहकहरुले कतिपय अवस्थामा आफुले अर्डर गरे अनुसारको समान पाउन सकिरहेका छैनन् भने पाएको सामान पनि अनलाइनमा देखाइए अनुसारको नहुने समस्या छ । यो अवस्थालाई मध्यनजर गर्दै रिचार्जरले ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखेर यस्तो योजना सुरु गरेको रिचार्जरका प्रबन्धक दामोदर श्रेष्ठको भनाई छ ।

रिचार्जरबाट सामान अर्डर गर्ने ग्राहकले सामान पाएपछि नगद तथा कार्ड स्वाप गरेर रकम भुक्तानी गर्न सक्छन् । रिचार्जरका प्रबन्धक श्रेष्ठका अनुसार सामान डेलिभरीका क्रममा कार्डबाट रकम भुक्तानी गर्ने सेवाका लागि पोर्टेबल पस मेसिनको प्रयोग हुनेछ । यसरी सामान हातमा परे पछि मन परेको खण्डमा मात्र नगद वा कार्डबाट रकमभुक्तानीगर्दा सेवाग्राहीलाई सहजहुने विश्वास रिचार्जरले लिएको छ । यसरी रकमभुक्तानीगर्दा कुनै अतिरिक्तशुल्कनलाग्ने रिचार्जरले प्रष्ट पारेको छ ।

साथै रिचार्जर एपको माध्यमबाट दशँैका बेला हवाई जहाजको टिकट काट्दा ५० प्रतिशत क्यास व्याक पनि पाइने छ । गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोलेर मोबाइल रिचार्ज गर्दा पनि जतिको रिचार्ज गर्यो त्यत्ति नै क्यास व्याक पाइने छ । यसरी प्राप्त हुने क्यास व्याकलाई रिचार्जर बाट सामानखरिद गर्दा डिस्काउण्ट भौचरका रुपमाप्रयोग गर्न सकिन्छ ।

मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंग गर्दा डेढ दर्जन बैंकको इ बैंकिंगका साथै इसेवा जस्ता पेमेण्ट गेटवे र मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सकिन्छ । त्यस्तै होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट लगायत सेवा प्रदायकका बिलहरु पनि तिर्न सकिने तयारी गरिरहेको रिचार्जर एपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिने व्यवस्था गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS