IME Life New

मोबाइल प्रयोगकर्तालाई निःशुल्क आपतकालीन सेवा उपलब्ध गराउने एलन मस्कको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टेस्ला कार र ट्वीटरका कारण चर्चित बनेका स्पेसएक्सका मालिक एलन मस्कले आपतकालीन अवस्थामा मोबाइल प्रयोगकर्तालाई लागि निःशुल्क स्याटेलाइट फोनको सुविधा उपलब्ध गराउने प्रस्ताव गरेका छन् ।

उनको कम्पनीले विश्वभर इन्टरनेट र सञ्चार सेवाको विस्तारका लागि जडान गरिरहेको सेलुलर स्टारलिङ्कमार्फत् मोबाइल प्रयोगकर्तालाई आपतकालीन अवस्थामा निःशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव गरेको हो । बुधबार एक एक्स (साबिक ट्वीटर) पोस्टमार्फत् मस्कले यो विषय सार्वजनिक जानकारीमा समेत ल्याएका छन् ।

Esewa
Crest

स्टारलिङ्कले अमेरिकाको फेडरेल कम्युनिकेशन कमिशन (एफसीसी) लाई पठाएको पत्र एक्स प्रयोगकर्ताले सार्वजनिक गरेका थिए । स्टारलिङ्कले ‘डाइरेक्ट टु सेल’ प्रविधिमार्फत यस्तो सेवा दिन लागेको हो । अमेरिकाको टी मोबाइलबाहेक आईफोन १४, १५ र १६ मोडेल, ह्वावेको मेट ६० प्रो लगायतका मोबाइल फोन सेटमा ‘डाइरेक्ट टु सेल’ प्रविधि प्रयोग गर्न सकिन्छ। यस्तो मोबाइल सेटलाई स्याटेलाइटका रूपमा प्रयोग गर्न सकिन्छ।

हाल अमेरिकाको केही सीमित कम्पनीका मोबाइल प्रयोगकर्तालाई मात्र उपलब्ध यो सेवा स्पेसएक्सले विश्वका विभिन्न मुलुकमा स्यालाइट बिस्तारको कार्य गरेसँगै क्रमशः यो सेवा अन्यत्र पनि उपलब्ध हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS