IME Life New

मोटर बीमा भनेको के हो, यसको महत्व के छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

तीन वर्षअघि दशैंको छेको पारी हातमा स्कुटरको चाबी आइपुग्यो । सोरुमले स्कुटर नामसारी गर्न नागरिकताको फोटोकपी र दुई थान फोटो माग्यो । चुपचाप दिए । हातमा स्कुटरको चाबी परेको दिन त्यो भन्दा ठूलो खुशी अरु के नै हुन सक्छ र । एक हप्तापछि स्कुटरको सम्पूर्ण कागजात आयो, सबै हेरे । थड पाटी इन्स्यारेन्स (बीमा) गरेको छ है, भन्दै थियो सोरुमको मान्छेले । एकछिन सोचे, के रहेछ यो थड पाटी इन्स्योरेन्स भनेको । खैर, जे होस्, स्कुटर हातमा छ अरु कुरा दिमागम के आउँथ्यो र । इन्स्योरेन्सको बारेमा खासै खोजी निधि गरिएन । साँच्चै भन्नुपर्दा, स्कुटरको इन्स्योरेन्स किन गर्याे, के फाइदा छ केहि थाहा थिएन ।

सवारी साधन किनेर इन्सोरेन्स गर्नु औपचारीकता पूरा गर्ने काम मात्र रहेछ भन्ने सोच मेरो मात्र होइन रहेछ । सँगैका साथीहरुसँग कुरा गर्दा थड पाटी इन्स्योरेन्स नै ठिक छ, फुल इन्स्योरेन्स गरेर किन पैसा मात्र किन तिर्नु भन्ने भनाई सुनियो । हरेक वर्ष स्कुटरको नविकरण गर्न जाँदा थड पाटीमै रोकिए । यसको बारेमा बुझ्ने जमर्काे नै गरिन । सवारी साधन किनेपछि इन्स्योरेन्स अनिवार्य गर्नुपर्ने नियमप्रति चित्त बुझेको थिएन । पछिल्लो केहि समययता बीमा बारे बुझ्दै जाँदा मोटर बीमाको महत्वको बारेमा थाहा पाए । जुन सावी धनी वा चालक दुवैको रक्षाअवरण जस्तै रहेछ । अधिकांश मानिसहरुले भने यसको बारेमा अझै राम्रोसँग बुझेको पाइदैन ।

Esewa
Crest

के हो त मोटर बीमा ?

सवारी साधनको सुरक्षणका लागि गरिने बीमा नै मोटर बीमा हो । यान्त्रिक शक्तिद्धारा सडकमा गुड्ने सवारी साधनहरु जस्तै कार, जीप, ट्रक, बस, मोटरसाइकल, ट्याक्टर लगाएका सवारी साधनको सुरक्षणका लागि मोटर बीमा गरिन्छ । सवारी साधन चलाउने क्रममा हुने सडक दुर्घटना, चोरी, हुलदंगा तथा प्राकृतिक प्रकोप, बाढी पहिरो, भूकम्पका कारण हुने क्षतिबाट बच्न मोटर बीमा गरिन्छ । यति मात्र नभई विभिन्न कारणबास सवारी साधनले तेस्रो पक्षलाई हानी नोक्सानी पुर्याएको खण्डमा क्षतिपूर्ति भुक्तान गर्ने भएकोले पनि मोटर बीमाको महत्व धेरै छ ।

कस्तो अवस्थामा बीमालेखले जोखिम उठाउँछ ?

मोटर बीमा गरेपछि बीमकले विभिन्न अवस्थामा जोखिमको उठान गर्दछ । सवारी साधनको सम्पूर्ण क्षति वा नाश भएको खण्डमा अवस्था हेरी क्षति भुक्तानी गर्दछ । जसमा आगलागी, चट्याङ, सवारी साधन वा सोमा जडित पार्टपूर्जाको बिष्फोटन वा स्वजलन, भूकम्प, बाढी (डुबान), पहिरो (भूूस्खलन), आँधिबेहरी, असिना, हिउँ वा तुसारो, आकस्मिक दुर्घटनाजन्य कारणहरुबाट भएको क्षतिमा बीमालेखले भुक्तानी दिने गर्छ । साथै सावरी साधनको प्रयोगबाट भएको ह्रासको परिमाण स्वरुप वा यान्त्रिक वा विद्युतिय अवरोध, टुटफुटको कारण, चोरी, सडक, रेल, आन्तरिक जलमार्ग, लिफ्ट वा एलिभेटरमा ओसार पसार गर्दा भएको क्षतिलाई बीमालेखले व्यहोर्ने गरेको छ ।

दुर्घटनामा परे प्रति यात्रु उपचार खर्च, मृत्यु भएमा किरिया खर्च

यात्रुहरुको प्रति यात्री सिट बीमाङ्क रकम पाँच लाख रुपैयाँ तोकेको हुन्छ । दुर्घटनामा परि यात्रुको मृत्यु भएमा सोहि बीमाङ रकमको सिमाभित्र रहि किरिया खर्च समेत उपलब्ध गराइन्छ । जसमा तेस्रो पक्षको मृत्यु भएमा वा चालक, यात्रु, परिचालक, हेल्परको मृत्यु भएमा किरिया खर्च बापत प्रति व्यक्ति ५० हजार रुपैयाँ तोकिएको छ । तेस्रो पक्षको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क पाँच लाख रुपैयाँ तोकेको छ । साथै घाइते भएमा उपचार बापत ३ लाख रुपैयाँ औषधि उपचारका लागि प्रदान गरिन्छ ।

कुन अवस्थामा भुक्तानी पाइदैन ?

चालकले मादक पदार्थ सेवन गरेको कारण पुगेको क्षति, हानी नोक्सानीमा दाबी रकम पाइदैन । साथै हुलदंगा, हड्ताल, द्धेषपूर्ण कार्य तथा आतंककारी, विध्वंशकारी कार्य सम्बन्धि सम्पुष्टिहरु जारी नगरेमा पनि क्षतिपूर्ति पाउन सकिदैन । कुनै पनि दावी जालसाजीपूर्ण भएमा वा दावीको सिलसिलामा झुठो बयान दिइ बीमितले वा निजको तर्फबाट काम गर्ने अधिकार प्राप्त कुनै व्यक्तिले यो बीमालेख अन्तर्गत कुनै अनुचित लाभ उठाउन खोजेमा वा जानीजानी बीमित बीमित वा अन्य कुनै व्यक्तिको मिलेमतोमा कुनै क्षति, हानि नोक्सानीको घटना घटाएमा पनि बीमकले दाबी भुक्तानी भुक्तान गर्दैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS