IME Life New

मैलुङ्ग खोला जलविद्युत कम्पनीमाथि नेप्सेको एक्सन, शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कारोबार समयमा लाभांश घोषणासम्बन्धी निर्णय पठाएको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ्ग खोला जलविद्युत कम्पनीमाथि कारबाही गरेको छ। नेप्से मैलुङ्ग खोला जलविद्युतको शेयर कारोबार रोक्का गर्दा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।

यो कमपनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणासहित वार्षिक साधारणसभासम्बन्धी सूचना आज एउटा पत्रिकामा प्रकाशित गरेको थियो। तर, नेप्सेमा नोट्समार्फत भने कम्पनीले बिहान ११ः१७ बजे पठाएको थियो। बिहान ११ बजेबाट शेयर कारोबार खुल्ने हुँदा कारोबार समयमा बजार र शेयरमूल्यलाई प्रभावित पार्ने खोले सूचना वा निर्णय पठाउन नपाइने व्यवस्था रहेको छ।

Esewa
Crest

सोही व्यवस्था उल्लंघन गरेकोमा नेप्सेले मैलुङ्ग खोला जलविद्युतमाथि कारबाही गर्दै शेयर कारोबार रोक्का गरेको हो। योसँगै नेप्सेले ३ कार्यदिनभित्र के–कति कारणले समयमै जानकारी दिन नसकेको हो भन्ने विषयमा स्पष्टीकरण पठाउन पनि कम्पनीलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS