IME Life New

मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कल्याण बिक्रम पाण्डे नियुक्त भएका छन् । मंसिर ६ गते बसेको संस्थाको १६३ औं सञ्चालक समितिको बैठकले सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको संस्थाले जनाएको छ ।

यस अघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्रतिनिधि सुमित बाबु खत्री संस्थापक संस्था सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबाट अलग भएकोले सञ्चालकमा बस्न पाउदैनन् ।

Esewa
Crest

संस्थाका नवनियुक्त अध्यक्ष पाण्डेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । पाण्डे यसअघि पनि संस्थाको संस्थापक (प्रतिनिधि) ग्लोबल आइएमई बैंक समुहको तर्फबाट विगत ५ वर्षदेखि निरन्तर रुपमा सञ्चालक समितिमा रहेर काम गरिसकेका ब्यक्ति हुन् ।

यस्तै, सोही बैठकले सुमन मुलेपतीलाई पनि संचालकमा नियुक्ति गरेको छ । उनी संस्थापक सेयरधनी सिटिजन बैंक इन्टरनेसनल लिमिटेडको प्रतिनिधित्व गर्दै संचालकमा नियुक्त भएका हुन् । संचालक मुलेपती सो बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS