IME Life New

मेरो माइक्रोफाइनान्सको आधारभूत तथा व्यवस्थापन तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्सले लघुवित्त सम्बन्धी आधारभूत तथा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । तीन दिने तालिम समारोहलाई सम्बोधन गर्दै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले कर्मचारीहरूलाई हौसला प्रदान गर्नुका साथै लघुवित्तले विपन्न, गरिब तथा पछाडी परेका वर्ग, समुदायमा काम गर्ने भएकोले यस क्षेत्रले आर्थिक विकासको साथसाथै सामुदायिक विकासका लागि महत्त्वपूर्ण भुमिका खेलेको बताए ।

त्यस्तै ग्रामीण भेगमा वित्तीय पहुँच बिस्तार गरेर वित्तीय साक्षरता प्रदान गर्दै आएको समेत बताए ।

Esewa
Crest

उक्त अभिमुखीकण तालिममा लघुवित्तको परिचय, नेपालमा लघुवित्तको वर्तमान अवस्था, संस्थाको परिचय, संस्थाको उद्धेश्य, कार्यक्षेत्र तथा लघुवित्त कार्यक्रमको काम गर्ने तौर तरीका बारेमा सहभागीहरुलाई जानकारी दिइएको थियो ।

तालिममा देशभरका नवनियुक्त ५० जना कर्मचारीहरु, नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल, वरिष्ठ ब्यवस्थापक राजु प्रसाद पुडासैनी तथा विभिन्न बिभागका प्रमुख तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS