IME Life New

मेरो माइक्रोफाइनान्सको नाफामा उल्लेख्य बृद्धि, प्रतिशेयर आम्दानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तले १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ८४६.३० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा १ करोड ३० लाख रुपैयाँ रहेको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५.५५ प्रतिशतले बढेको छ। लघुवित्तको कुल सञ्चालन आम्दानी १५.६७ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा ११८६.९२ प्रतिशत बढेको छ।

Esewa
Crest

यस अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा ९ करोड ३७ लाख र वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४७ पैसा रहेको छ। १ अर्ब ३२ करोड चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७० करोड ९१ लाख रुपैयाँ सञ्चित रहेको छ। चैत मसान्तसम्ममा लघुवित्तले ११ अर्ब ६९ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १३ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ १९ पैसा बढेर १२ रुपैयाँ ५१ पैसा पुगेको छ। यस अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ७२ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ४९.३२ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS