IME Life New

मेरो माइक्रोफाइनान्सको बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय भवानीपुर, बाँकेले बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले उक्त केन्द्र अन्तरर्गतका विभिन्नि केन्द्रका प्रमुखहरु भेला गरी सो कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा संस्थाका अनुगमन कार्यलय भवानीपुर,बाँकेका अनुगमन अधिकृत सुरज बास्तोलाको प्रमुख अथिति तथा विशेष अथिति कोहलपुर,नगरपालीका आर्थिक बिकास समिति सयोजक अनिता कुमारी बुढा क्षेत्री अथितिमा पुर्व शिक्षक तथा समाजसेवी जित बहादुर थापाको उपस्थिति रहेको थियो ।

Esewa
Crest

साथै प्रमुख अथिति सुरज बास्तोलाले यस संस्थाको हालको कार्य श्रेत्र संस्थाको हालको अबस्था र संस्थाको प्रगति विवरण वारे जानकारी दिदै केन्द्र प्रमुखहरुबाट उठेका प्रस्नहरुको समाधान तथा निष्कर्ष बारे थप जानकारी गराएका थिए । साथै एकै संस्थाबाट मात्र कारोवार गर्न तथा कर्जाको किस्ता ,नियमित गरी असल ऋीणीको रुपमा सदैब रहिरहन आग्रह गरे ।

कार्यक्रमका बिशेष उपस्थिति कोहलपुर,नगरपालीका आर्थिक बिकास समिति सयोजक अनिता कुमारी बुढा क्षेत्रीले आफनो मन्तब्यको क्रममा संस्थाबाट लिएको कर्जा कुनै पनि हालतमा तिर्नु पर्ने एक असल नागरिकको जिम्मेवारी बहन गर्न आग्रह गरिन् । उनले भनिन, आमीले लिएको कर्जा अरुको बचत हो । यो कुरा हामिले भुल्नु हुदैन वित्तीय अराजकको पछि नलागी आफुले लिएको कर्जाको सावा तथा ब्याज समयमै तिरी आर्थिक भार मक गर्न उपस्थीत सबैमा जानकारी गराइन् ।

त्यस्तै, पुर्व शिक्षक तथा समाज सेवी जित बहादुर थापाले आफनो मन्तब्यको क्रममा यस संस्थाले गदै आयका कार्यक्रमहरुको प्रशंसा गदै आफुले लिएको कर्जाको सहि सदुपयोग गरी उत्पादनमुलक शिर्षकमा लगानी गर्न आग्रह गरे । हाल लघुवित्त विरोधिको नाममा अराजक गधिविधि गर्नेको कुरा नसुनि कर्जाको किस्ता तथा ब्याज,नियमित तिर्न प्रोत्साहान गरे ।

साथै केन्द्रका विभिन्न केन्द्र प्रमुखहरुले आफनो अनुभव सुनाएका थिए । यस बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा बार्षिक केन्द्र मुल्याङकनको आधारमा संस्थाले पुरस्कार तथा प्रशंसा पत्र सहित सम्मान समेत गरेको थियो ।

त्यसैगरी कार्यक्रममा केन्द्र न ७० कि सदस्य कलावती शर्माको निधन प्रति दुःख व्यक्त गर्दै निज सदस्यको नाममा रहेको कर्जा एक लाख ४० हजार रुपैयाँको कर्जा मिनाहा गरी सदस्यको श्रीमानलाई ९३ हजार २ सय एक रुपैयाँ भुक्तानी गरिएको थियो ।

कार्यक्रममा भवानीपुर,शाखा कार्यलयका शाखा प्रमुख तथा यस बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रमका सभापति प्रशान्त शाहले कार्यक्रमको समिक्षा गर्दै कार्यक्रमको गरिमा बढाईदिनु हुने प्रमुख अथिति कार्यक्रम सभ्य भब्य बनाउनको लागी टाढा टाढा देखि आएका केन्द्र प्रमुखहरु लगायत सबैलाई धन्यबाद दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS