IME Life New

मेरो माइक्रोफाइनान्सको ११औं वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष सुमित बाबु खत्रीको सभाध्यक्षमा सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभाकक्षमा उक्त साधारण सभा सम्पन्न भएको हो ।

सभाले हाल कायम पूँजी संरचना संस्थापक शेयरधनीको ६९.४०५ र सर्वसाधारण शेयरधनीको ३०.६०५० लाई परिमार्जन गरी संस्थापक शेयरधनीको ५९.४०५ र सर्वसाधारण शेयरधनीको ४०.६०५ कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

सभाले गत वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ। सभाले लेखापरीक्षणसहितको असार मसान्तसम्मको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले वित्तीय संस्थाको प्रबन्धपत्र दफा ६ को ङ र च मा आवश्यक संशोधन गर्ने प्रस्तावमाथि छलफल गरी पारित गरेको छ । नियमनकारी निकायबाट कुनै फेरबदल गर्ने निर्देशन आएमा सोही बमोजिम गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्न प्रस्ताव पारित समेत सभाले पारित गरेको छ ।

सो साधारण सभामा संस्थाका शेयरधनीहरूले आफ्नो विचार समेत व्यक्त गरेका थिए । संस्थाका संचालक समितिका अध्यक्ष खत्रीले १० बर्षको अवधिमा संस्थाले आफ्नो ब्राण्डको रुपमा स्थापित गराउन सफल भएको बताए ।

यस संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

40%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS