IME Life New

मृत्युदर तालिका परिमार्जन गर्दै बीमा समिति, एक्चुरिको महंगो शुल्कले मूल्याङ्कन खर्चिलो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा समितिले नयाँ मृत्युदर ‘मोर्टालिटी’ तालिका परिमार्जनका लागि प्रकृयाँ अगाडी बढाएको छ । समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरु सँग बीमितको मृत्यु उमेर, लिङ्ग, मृत्युको कारण, बीमाको किसिम लगायतको विवरण माग गरेको छ ।

तीन वर्ष अगाडि पनि यसै गरि मृत्युदर परिमार्जनका लागि तथ्याङ्क माग गरिएको थियो । तर समितिले आवस्यक प्रकृयाँ अगाडि बढाउन नसक्दा तालिका परिमार्जन हुन सकेको छैन । बीमा समितिले २०६६ सालमा पहिलो पटक बीमितको मृत्युदर तालिका तयार पारेको थियो ।

Esewa
Crest

त्यस पछि २०६८ सालको जनगणनाको तथ्याङ्कका आधारमा मृत्युदर तालिका तयार पारेको थियो । तर जनगणना भएको पनि १० वर्ष वितिसकेको छ । यस वर्ष जनगणनाको समय भए पनि कोभिड १९ का कारण सरकारले जनगणनाका सम्पुर्ण कामहरु रोकेको छ ।

बीमा कम्पनीहरुले जनगणनालाई मात्रै आधार मानेर मोर्टालिटी तालिका बनाउदा यथार्थपरक नभएको भन्दै लामो समयदेखि परिमार्जनको माग गर्दै आइरहेका छन् । तर बीमा समितिले एक्चुरीको कारण देखाउदै आलटाल गर्दै आइरहेको छ ।

समितिले विगत १० वर्ष यताको प्रत्येक महिना गरिएको मृत्यु दाबी भूक्तानी अन्तर्गत बीमितको मृत्यु उमेर, लिङ्ग, मृत्युको कारण, बीमाको किसिमलगायतका जानकारी उपलब्ध गराउन कम्पनीहरु सँग माग गरेको छ ।

बीमा समितिले पहिलो पटक ‘नेपाली बीमितको मृत्यु दर तालिका २०६६’ सार्वजनिक गर्नुपूर्व नेपाली जीवन बीमा कम्पनीहरुले भारत वा अन्य मुलुकको मृत्युदर तालिका प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो ।

बीमितको मृत्युदर तालिकाको आधारमा कुनै निश्चित उमेरमा बीमितको मृत्यु हुने संभावना आंकलन गरिन्छ । पुनर्बीमा कम्पनी, बीमक वा बिमांकीले बीमाशुल्क दर निर्धारणको लागि बीमितको मृत्युदर तालिकालाई समेत मुख्य आधारको रुपमा प्रयोग गर्छन् । मृत्यु दर तालिकामा जन्मेदेखि ९९ वर्षको उमेर सम्म प्रत्येक उमेर वर्षको बीमितको मृत्यु हुने संभावनालाई समेटिएको हुन्छ।

मृत्यु दर तालिकामा कुनै निश्चित उमेरको प्रति हजार जना बीमितमध्ये मृत्यु हुनेको संभावित संख्यालाई आंकलन गरिएको हुन्छ । मानिसको उमेर बढ्दै जाँदा प्राकृतिक कारण, रोग वा दुर्घटना, पेशागत जोखिमको कारण मृत्युको जोखिम समेत बढ्दै जान्छ । उमेरसँगै जोखिम बढ्दै जाने भएकोले स्वास्थ्य बीमा वा जीवन बीमा गराउँदा उमेरको आधारमा जीवन बीमाशुल्क पनि बढ्दै जान्छ।

मृत्यु दरलाई बीमितको उमेर, लिङ्ग, भूगोल, पेशागत पृष्ठभूमी, शैक्षिक योग्यता, समुदाय विशेषको वंशानुगत स्वास्थ्यस्थिति, मद्यपान, धुम्रपानको लत, शारीरिक वजनलगायतको आधारमा वर्गीकरण गरिएको हुन्छ । सामान्य सेवा वा व्यवसायमा संलग्न बीमितको तुलनामा हवाई उडान गर्ने पाइलट सुरक्षाकर्मी, युद्धमा खटिने सैनिकलगायतको जोखिम पूर्ण पेशामा संलग्न बीमितको मृत्युको संभावना उच्च हुन्छ । मृत्यु दर ‌‌‌‌‌‌‌‌‌‌‌‌‌तालिकाले मृत्यु दरबाहेक कुनै निश्चित उमेरको व्यक्तिको बाँकी आयुलाई समेत प्रक्षेपण गर्न मद्दत पुर्याउँछ ।

औसत आयु वृद्धि, बीमा शुल्क अझै घट्ने संभावना केन्द्रीय तथ्यांक विभागले २०६८ सालमा सार्वजनिक गरेको जनसंख्या प्रतिवेदनका अनुसार नेपालीको औसत आयु ६७ वर्ष रहेको छ।

राष्ट्रिय योजना आयोगका अनुसार औसत आयु ७० वर्ष भइसकेको । आयु लम्बिंदा मृत्यु दर घट्ने भएकोले बीमितले अहिलेको तुलनामा अझै सस्तो शुल्कमा बीमा योजना खरिद गर्न पाउने छन्।

बीमा समितिले तीन वर्ष अगाडि नै तथ्याङ्क संकलन गरे पनि एक्चुरीको शुल्कका कारण मूल्याङ्कन गरेको थिएन । यस्तो मूल्याङ्कन गर्न धेरै नै शुल्क लाग्ने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । बीमा समितिले आफ्नो एक्चुरी मार्फत विदेशी एक्चुरियल कन्सल्टेन्टलाई दिने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS