IME Life New

मूल्य समायोजनपछि आँखुखोला जलविद्युतको शेयरभाउ कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हकप्रद शेयरका लागि आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन गरेको छ।

मूल्य समायोजनपछि कम्पनीको शेयरभाउ प्रतिकित्ता १४८ रुपैयाँ कायम भएको छ। सोमबारको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता २२० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको शेयर कारोबारमा आउनेछ।

Esewa
Crest

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ आज साउन १ गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो असार ३१ गतेसम्म कायम शेयरधनीले यो कम्पनीको हकप्रद शेयर खरिदका लागि आवेदन दिन योग्य भएका छन्।

नेपाल धितोपत्र बोर्डले गत असार १९ गते आँखुखोला जलविद्युतलाई हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएको दिएको थियो। कम्पनीले यद्यपि हकप्रद शेयर निष्कासनको मिति तय गरेको छैन।

कम्पनीले हाल कायम चुक्तापुँजी ८० करोड रुपैयाँको १ः१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २० लाख कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री गर्नेछ।

हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ पुग्नेछ। यो कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS