IME Life New

मुलुकको व्यापार घाटा पौने ६ खर्ब माथि, आयात-निर्यात दुवै घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना मंसिरसम्म मुलुकको व्यापार घाटा पौने ६ खर्ब रुपैयाँ माथि रहेको छ।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार यो ५ महिनासम्म मुलुक व्यापार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख रुपैयाँबराबर रहेको छ। गत वर्ष सोही अवधिसम्म ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो। व्यापार घाटा पनि ३.०९ प्रतिशतले घटेको छ।

Esewa
Crest

तथ्यांकअनुसार यो ५ महिनामा मुलुक ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँबराबरको वस्तु आयात गरेको हो। गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँबराबरको वस्तु आयात भएको थियो। समीक्षा अवधिमा कुल आयात ३.३९ प्रतिशतले घटेको छ।

यसैगरी यो ५ महिनाको अवधिमा नेपालबाट ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ६.०९ प्रतिशतले कम हो। गत वर्षको यही अवधिसम्ममा ६७ अर्ब ३० करोड ४५ लाख २ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो।

यो ५ महिनामा नेपालको वैदेशिक व्यापार ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख रुपैयाँबराबरको भएको छ। गत वर्ष यही अवधिसम्म ७ खर्ब ३२ अर्ब ५ करोड ९ लाख ५२ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो। वैदेशिक व्यापार पनि ३.६४ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS