IME Life New

मुद्दति निक्षेप धितो कर्जामा कसरी हुन्छ ब्याजदर निर्धारण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले मुद्दति निक्षेपको धितोमा ग्राहकलाई कर्जा प्रवाह गर्न सक्ने व्यवस्था रहेको छ। मुद्दति खातामा रकम जम्मा गरेका ग्राहकलाई मुद्दति निक्षेपको अवधिअगावै रकमको आवश्यकता परेमा सोही मुद्दति निक्षेपको धितोमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गर्न सक्ने व्यवस्था रहेको हो।

यस्तो कर्जामा लाग्ने ब्याजदर मुद्दति निक्षेपमा प्रदान गरिएको ब्याजदरमा के–कति प्रतिशत विन्दुले थप गरी तय गरिने हो वा आधार दरका आधारमा तय गर्ने हो भने के कति प्रिमियम थप गरी तय गरिने हो ? सो सम्बन्धमा सम्बन्धित ग्राहकलाई मुद्दति निक्षेप खाता खोल्दाकै बखत जानकारी दिई निजको लिखित सहमति लिनुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा उल्लेख छ।

Esewa
Crest

ग्राहकले सहमति जनाएको भन्दा फरक ढंगले त्यस्तो कर्जाको ब्याजदर कायम गर्न नपाइने केन्द्रीय बैंकले जनाएको छ। साथै, बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा प्रवाह गर्दा कुनै पनि किसिमको अन्य शुल्क लिन नपाउने व्यवस्था पनि रहेको छ।

कर्जाको ब्याजदर कसरी निर्धारण भएको छ बुझेर मात्र कर्जा कारोबार गर्न राष्ट्र बैंकले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS