IME Life New

मुख्य सूचकमा सिटिजन्स र सानिमा बैंकलाई दाँजेर हेर्दा !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक र सानिमा बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंकबीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययनः

Esewa
Crest

चुक्तापुँजीः सिटिजन्सको चुक्तापुँजी १४ अर्ब ७६ करोड रुपैयाँ रहेको छ भने सानिमाको चुक्तापुँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ।

जगेडा कोषः सिटिजन्सको जगेडा कोषमा ७ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने सानिमाको जगेडा कोषमा ६ अर्ब १ करोड रुपैयाँ रहेको छ।

रिटेन्ड अर्निङः सिटिजन्सको रिटेन्ड अर्निङमा १५ करोड रुपैयाँ रहेको छ भने सानिमाको रिटेन्ड अर्निङमा १ अर्ब ७९ करोड रुपैयाँ रहेको छ।

निक्षेप र कर्जाः सिटिजन्सले १ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सानिमाले २ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६६ अर्ब कर्जा रुपैयाँ प्रवाह गरेको छ।

खुद ब्याज आम्दानीः सिटिजन्सले ३ अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा सानिमाले २ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

सञ्चालन नाफाः सिटिजन्सले ९१ करोड १३ लाख रुपैयाँ सञ्चालन नाफा गरेकोमा सानिमाले १ अर्ब ६४ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ।

खुद मुनाफाः सिटिजन्सले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेकोमा सानिमाले १ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको छ।

किताबी मूल्यः सिटिजन्सको किताबी मूल्य १५०.३९ रुपैयाँ छ भने सानिमाको किताबी मूल्य १५७.५६ रुपैयाँ छ।

वार्षिक प्रतिशेयर आम्दानीः वित्तीय विवरणका आधारमा सिटिजन्सको वार्षिक प्रतिशेयर आम्दानी ८.९६ रुपैयाँ छ भने सानिमाको वार्षिक प्रतिशेयर आम्दानी १७.५६ रुपैयाँ छ।

खराब कर्जाः सिटिजन्सको खराब कर्जा ४.८५ प्रतिशत हुँदा सानिमाको खराब कर्जा ३.२२ प्रतिशत छ।

(नोटः उपलब्ध तथ्यांकको आधारमा गरिएको विश्लेषण पूर्ण होइन । थप अनुसन्धान गरेर निर्णय लिनु होला ! माथिको समाचार शेयर कारोबार प्रयोजनका लागि होइन।)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS