IME Life New

मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पसबीच वित्तीय साक्षरताका लागि सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंक र स्याङजा जिल्लाको चापाकोट क्याम्पस बीच सम्झौता भएको छ । बैंक र सो क्याम्पसबीच वित्तीय साक्षरता लगायतका विभिन्न अवसर प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

चापाकोट नगरपालिका ९ मा रहेको चापाकोट क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, व्यवाहारिक ज्ञानको लागि इन्टर्नशिप गर्ने र बैंकिङ्ग करियरको लागि अवसर प्रदान गर्ने सम्बन्धमा कम्पनीका तर्फबाट गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल र चापाकोट क्याम्पसको तर्फबाट क्याम्पसका कार्यवाहक प्रमुख पोषराज देवकोटाले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्नशिप, वित्तीय साक्षरता कार्यक्रम लगायत करियर विकासका कार्यक्रमहरुमा मुक्तिनाथ विकासका बैंकले प्रचलित ऐन, नियम तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही अवसरहरु प्रदान गर्ने समझदारीको मुख्य उदेश्य रहेको र यो समझ्दारी ५ वर्ष अवधिसम्म कायम रहने कम्पनीका क्षेत्रिय प्रमुख ऋषिराम ढकालले बताए ।

सो अवसरमा कम्पनीको चापाकोट शाखाका शाखा प्रमुख सुन्दर श्रेष्ठ, कर्जा डेस्कका युवराज श्रेष्ठ, वालिङ शाखा प्रमुख नविन काफ्ले, चापाकोट क्याम्पसका पूर्व अध्यक्षहरु हिरण्यलाल आचार्य, भरत पाठक, समितिका पदाधिकारीहरु, प्राज्ञिक व्यक्तित्वहरु सितारम गैहे्, दुर्गा ढकाल, डोलराज अधिकारी, विन्दु पौड्याल,प्रेमचन्द्र भट्टराई, उप प्राध्यापक लगायतको उपस्थिति थियो ।

कार्यक्रम क्याम्पसका अध्यक्ष मुकुन्दराज आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS