IME Life New

मुक्तिनाथ र गरिमा विकास बैंकको लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ शेयरधनी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकले वार्षिक साधारणसभा आह्वान गरेका छन्।

मुक्तिनाथ पुस २८ गते र गरिमाले पुस २९ गते वार्षिक साधारणसभा डाकेका हुन्। मुक्तिनाथको वार्षिक साधारणसभा पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा दिउँसो १ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल १०.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ९.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५१३२ प्रतिशत नगद लाभांश रहेको छ।

सभाले बोनस शेयर जारीपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धकपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले सञ्चाल समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको चयन गर्नेछ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ मुक्तिनाथ विकास बैंकले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

यसैगरी गरिमाको सत्रौँ वार्षिक साधारणसभा पोखराको बिरौटास्थित होटल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश रहेको छ।

सभाले उक्त आर्थिक वर्षको वार्षिक र आर्थिक प्रतिवेदन पनि स्वीकृत गर्नेछ। सभाले बैंकको चुक्तापुँजी वृद्धि गरी ५ अर्ब ७० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा सबै गतिविधि अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

गरिमाले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १७ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो बैंक लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS