IME Life New

मितेरी डेभलपमेन्ट बैंकले मिच्यो ब्याजदर अन्तर कायमको व्यवस्था, भयो यस्तो कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नियामकीय प्रावधानअनुसार ब्याजदर अन्तर कायम नगर्दा मितेरी डेभलपमेन्ट बैंक कारबाहीमा परेको छ।

नेपाल राष्ट्र बैंकले ब्याजदर अन्तर कायम नगर्दा मितेरी डेभलपमेन्ट बैंकमाथि कारबाही गरेको हो। मासिक ब्याजदर अन्तर तोकिएको सीमाभित्र कायम नगरेकोले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकमाथि पहिलोपटक कारबाही भएको केन्द्रीय बैंकले जनाएको छ।

Esewa
Crest

बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नं. १५ को बुँदा नं. (४) मा तोकिएको ४.६० प्रतिशतको अधिकतम व्याजदर अन्तरभन्दा बढी ब्याजदर अन्तर कायम गर्न नपाउने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुपालना नगरेकोले मितेरी डेभलपमेन्ट बैंकलाई यस एकीकृत निर्देशन २०८० को इ.प्रा. निर्देशन नं १५ को बुँदा नं. ४ को उपबुँदा नं (३) मा भएको व्यवस्थाबमोजिम कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले मितेरी डेभलपमेन्ट बैंकको शाखा विस्तारमा रोक लगाउने तथा भूकम्पपीडितलाई प्रवाह गरिनेबाहेकका अन्य पुनरकर्जा सुविधा प्रदान नगर्ने कारबाही गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS