IME Life New

माै‌सम सूचकांकमा आधारित बीमा बिस्तार हुन नसक्दा बीमाको लाभबाट किसान वञ्चित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माैसम सूचका‌ंकमा आधारित बाली बीमाबाट किसान लाभान्वित हुने उच्च स‌ंभावना भएपनि यसको बिस्तार हुन सकेको छैन । जलवायू परिवर्तनको जोखिम बढ्दै जाँदा माैसमी सूचका‌ंकमा आधारित बाली बीमाबाट किसानलाई लाभ पुग्ने भएपनि बीमकका लागी यो लाभदायक साबित नहुने तथ्यांकले देखाउँछ।

शिखर इन्स्योरेन्सका अनुसार कम्पनीले गत वर्ष बर्दियाका किसानलाई करिब ३५ लाख रुपैयाँ तिरेको भए पनि प्रिमियम मात्र ९ लाख मात्रै संकलन गरेको थियो । भविष्यमा यस्ता नोक्सानहरू बारम्बार भएमा पुनर्बीमा प्रदायकले अनुक्रमणिकामा आधारित बीमा योजनालाई पुनर्बीमा समर्थन जारी राख्नेछन् भन्नेमा सश‌ंकित रहँदै आएका छन् । जलवायू परिवर्तनको जोखिमको दृष्टीकोणले नेपाल विश्वकै उच्च जोखिमयुक्त भूगोलभित्र पर्छ। त्यसैले जलवायू परिवर्तनको नकारात्मक असर बढ्दै जाँदा नेपाल जस्तो जोखिम प्रयुक्त मुलुकको बीमा प्रस्ताव स्वीकार्नका लागि विश्वव्यापी पुनर्बीमकले प्राथमिकतामा राख्न चाहदै‌नन् ।

Esewa
Crest

बर्दिया र कैलाली जिल्लामा लागू गरिएको नदीको जलस्तरमा आधारित बाली बीमा योजना हाल कर्णाली नदीको बेसिनमा मात्र सीमित छ। यो योजनालाई अन्य नदी बेसिनमा बिस्तार गर्न सके जोखिम न्यूनीकरण हुनेछ, किनकि एकै समयमा सबै नदीमा ठूलो बाढी को सम्भावना कम छ।

शिखर इन्स्योरेन्सको लागि, सूचकांकमा आधारित बीमा योजनाका फाइदा र बेफाइदा दुबै छन्। विपद्पछिको मूल्याङ्कन आवश्यक नपर्ने भएकाले बीमा कम्पनीले महत्वपूर्ण स्रोत बचत गर्न सक्छन् । यसैले शिखर इन्स्योरेन्सले मे २०१६ मा यस प्रकृतिको आफ्नो पहिलो उत्पादन सुरु गरेदेखि बिस्तारै आफ्नो मौसममा आधारित बीमा योजनाहरू विस्तार गर्दै आएको छ। बीमालेख नीति जुम्ला जिल्लाका स्याउ किसानहरूलाई बिक्री गरिएको थियो । यो बीमा अन्तर्गत ६० मिलिमिटर भन्दा कम वर्षा भएको अवस्थामा किसानलाई स्वतः क्षतिपूर्ती दिने प्रावधान छ।

स्याउ खेती बीमालेखले वर्षातका कारण बाली उत्पादनमा पर्ने नकारात्मक असरलाई आ‌ंकलन गर्न नेपालको जल तथा मौसम विज्ञान विभागको करिब २५ वर्षको वर्षाको तथ्यांक प्रयोग गरेको छ। यो योजना ३५ जना बाट ४,२०० किसानमा बिस्तारित भएको छ। अहिले कर्णालीको मुगु र डोल्पा पनि समेटिएका छन् ।

जुम्लामा परिक्षण गरिएको सूचका‌ंकमा आधारित बाली बीमा योजनाको सफलताले शिखर इन्स्योरेन्सलाई २०१९ देखि जुम्लामा सूचकमा आधारित खडेरी बीमा प्रस्ताव गर्न प्रोत्साहित गर्‍यो ।  वार्षिक वर्षात् ८०० मिलिमिटर भन्दा कम छ भने, बीमित किसानले बीमा‌ंक रकम भुक्तानी पाउँछन्। जुम्लाका करिब १०% किसानले अहिलेसम्म यो योजना रोजेका छन्।

मौसममा आधारित सूचक योजना शिखर इन्स्योरेन्सले सफलतापूर्वक बिक्री गरि रहेपनि अरु कुनै निर्जीवन बीमकले अझैसम्म यो बीमालेख शुरु गरेको छैन। सरकारले यी बीमा योजनाको लागि बीमाशुल्क भुक्तानीमा किसानलाई अनुदान उपलब्ध नगराउने भएकाले यसको बिस्तार हुन नसकेको बीमकको हो। दोस्रो ठूलो कारण,यी सूचकहलाई आवश्यक पर्ने दीर्घकालीन तथ्या‌ंक उपलब्ध गराउन नेपालमा पर्याप्त जलवायू मापन केन्द्रहरु उपलब्ध छैनन्। श्रोतः द थर्ड पोल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS