IME Life New

‘माेटर दुर्घटना बीमाकाे दाबी लिनु भन्दा नलिनु नै फाइदाजनक हुन सक्छ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । निर्जीवन बीमा कम्पनीहरुले विभिन्न सुविधा सहितकाे माेटर बीमा याेजनाहरु प्रचलनमा ल्याएका छन् । दुर्घटनामा परेकाे गाडी मर्मत भएर ग्यारेज बाहिर ननिस्कि‌ंदासम्म बैंककाे किस्ता बीमा कम्पनीले नै तिरिदिने सुविधासम्मकाे बीमा याेजनाहरू प्रचलनमा छन् ।

माेटर बीमा अन्तर्गत  सरकारी प्रावधान अनुसार अनिवार्य गरिएकाे तेश्राे पक्ष बीमा मात्र नभएर चालक तथा यात्रुकाे बीमा, सवारी साधनकाे बीमा, सवारी मर्मतका लागी ग्यारेजमा थन्किएकाे अवधिसम्मकाे क्षतिपूर्ती रकम भुक्तानी दिने सुविधा लगायतकाे बीमा सेवा सहित माेटर बीमा प्रचलनमा रहेका छन् ।

Esewa
Crest

तेश्राे पक्ष बीमा बाहेक अन्य जाेखिम वा सुविधाकाे हकमा ग्राहकले आफ्नाे स्वामित्वमा रहेकाे सवारीकाे प्रयाेजन, जाेखिमकाे अवस्था लगायतका आधारमा बीमाकाे सेवा सुविधा राेज्ने र बीमा गर्ने स्वतन्त्रता रहेकाे हुन्छ ।

अटो बीमाले सवारी साधन मर्मत भन्दा बढी कभर गर्दछ। यसले घाइते दुर्घटना पीडितहरूको उपचार र ग्यारेजमा थन्किएकाे अवधिसम्मकाे बहालकाे साथै सवारी साधनको मर्मत र/वा प्रतिस्थापन र दुर्घटनामा क्षति भएको कुनै पनि सम्पत्तिको लागत पनि समेट्छ।

हाेशियारीपूर्वक सवारी हाँक्दा हाँक्दै पनि कहिलेकाहीँ अप्रत्याशितरूपमा दुर्घटना भइदिन्छ । यस्ताे अवस्थामा सवारी साधनमा पुग्न गएकाे क्षति वा चालक वा यात्रुलाई पुग्न गएकाे क्षतिवापत क्षतिपूर्ती दाबी गर्नु स्वाभाविक हाे । वर्ष भरकाे जाेखिम बहन गर्नका लागी बीमाशुल्क भुक्तानी गरेकाले बीमा कम्पनीबाट क्षतिपूर्ती पाउनु बीमितकाे कानूनी अधिकार पनि हाे । यसाे भन्दै गर्दा तपाईले जान्नुपर्ने अर्काे पक्ष के पनि हाे भने दुर्घटना दाबीवापत तपाईले पाउने रकम धेरै हुन्छ वा अर्काे पटक बीमा नविकरण गर्दा बीमा कम्पनीबाट प्राप्त हुने ‘नाे क्लेम डिस्काउन्ट'(दाबी नगरे वापतकाे छुट) रकम अधिक हुन्छ ?

उदाहरणका लागी तपाईकाे कार दुर्घटनामा परेर कुनै भाग कुच्याे वा काेतरिएर दाग लाग्याे । मर्मतका लागी ३० हजार रुपैयाँ खर्च लाग्ने भएकाे छ। तपाईले बीमा कम्पनीसँग कुरा गर्नुभयाे र बीमा कम्पनीले मर्मतवापतकाे खर्च व्यहाेर्ने माैखिक सहमति पनि जनायाे । तपाईले मर्मतपछि बीमा कम्पनीसँग पूर्व सहमति अनुसारकाे रकम क्षतिपूर्ती पाउनुहुन्छ। तर अर्काे पटक बीमा नविकरण गर्ने समयमा बीमा कम्पनीले तपाईलाई बीमाशुल्कमा १० प्रतिशत छुट रकम भने दि‌ंदैन । यस्ताे अवस्थामा आफूले दाबी नलिएकै भए फाइदा हुने रहेछ भन्ने थाहा पाएर पनि तपाईकाे हातबाट माैका गुमि सकेकाे हुन्छ।

आफूले माेटर बीमा अन्तर्गत दाबी गर्दा दाबीवापत प्राप्त हुने रकम वा अर्काे पटक बीमा नविकरण गर्दा पाइने छुटवापतकाे रकम कुन चाहिँ बढी हुन्छ, त्याे जानकारी लिएर मात्र बीमा दाबी गर्ने वा नगर्ने निर्णय लिनुहाेला । तपाईले दाबीवापतकाे रकम लिनु भएन वा दाबी गर्नुभएन भने अर्काे पटक छुटका लागी याेग्य हुनुहुन्छ।  तपाईले दुर्घटनामा परेकाे कार मर्मत स‌ंभार पछि बिक्री गर्ने याेजना बनाउनु भएकाे छ भने चाहिँ बीमा वापतकाे दाबी नछाेड्नु नै फाइदाजनक हुन्छ। किनकी तपाईले बिक्री गरी सकेपछि कारकाे बीमा नविकरण गर्दा तपाईले नभएर गाडी खरिद गर्नेले नै बीमाशुल्क तिर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

30%
happy

खुसी

0%
sad

दु :खी

40%
amazed

अचम्मित

0%
excited

उत्साहित

30%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS