IME Life New

माहुली सामुदायिक लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

माहुली सामुदायिक लघुवित्तले निष्कासन गरेको चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । लघुवित्तले मंसिर ११ गते देखि २ः१ अनुपातमा तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता हकप्रद शेयर बिक्रिमा ल्याए्रको थियो ।

Esewa
Crest

कम्पनीले हकप्रद निष्कासनको लागि कात्तिक २८ गते देखि शेयरधनीहरुको लागि बुक क्लोज गरेको थियो ।लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । हकप्रदका लागि धितोपत्र बोर्डबाट आश्वा सदस्य अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो शेयर मार्फत पनि आवेदन गर्न सकिनेछ ।

यसका अतिरिक्त सनराइज क्यापिटल कमल पोखरी तथा माहुली लघुवित्तको सबै शाखा कार्यालयबाट समेत हकप्रद आवेदन फारम बुझाउन सक्ने व्यवस्था छ ।हाल ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ५० प्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी ९ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS