IME Life New

माछापुच्छ्रे बैंकले विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरि गर्यो हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकले सल्यान जिल्लाको शारदा नगरपालिका १५, माल्नेटामा रहेको श्री त्रिभुवन जन माध्यमिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण गरेको छ । गत बुधबार आयोजित एक कार्यक्रमका बीच खानेपानी सुविधाको पूर्वाधार हस्तान्तरण गरिएको हो ।

विद्यालयमा अति आवश्यक पर्ने खानेपानीका अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाएपछि कम्पनीले विभिन्न पूर्वाधार निर्माण गरेको हो ।

Esewa
Crest

२८९ जना विद्यार्थी एवं १८ जना शिक्षकरकर्मचारी कार्यरत उक्त विद्यालयले ३ हजार ५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाइप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएको थियो । त्यसमा पनि खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाईप जलेर आपूर्ती बन्द हुनेलगायतका समस्या कायमै थियो ।

उक्त समस्यालाई ध्यानमा राखेर कम्पनीले दुई महिनाको समय लगाएर स्थायी रुपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्याङ्की निर्माण गर्नुका साथै विद्यालय परिसरमा धाराको निर्माण गरेर उक्त निर्माण गरिएका पूर्वाधारहरु विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको बताएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशका विभिन्न स्थानहरुमा विभिन्न संघ संस्थासँगको सहकार्यमा स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकासलगायतका क्षेत्रहरुहरुमा काम गर्दै आएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS