IME Life New

माछापुच्छ्रे क्यापिटलद्वारा विद्यालयलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी स्थित श्री आदर्श माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । कम्पनीले सुरक्षित खानेपानीको लागि १२ थान स्टिल फिल्टर, सफा वातावरणको लागि १५ थान डस्टबिन तथा १२ थान मग लगायतका सामानहरु प्रदान गरेको हो ।

उक्त समारोहमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार लगायत क्यापिटलका अन्य पदाधिकारीहरु तथा विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादव, प्रधानाध्यापक ऋषि राम ढकाल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक तथा विद्यार्थी वर्गहरु तथा अभिभावक समितिका अध्यक्ष लगायत सदस्यहरु उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

माछापुच्छ्रे क्यापिटल लिमिटेडले, नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरि सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS