IME Life New

माघ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले भित्राए करिब ३ अर्बको व्यवसाय, कुनको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७९ /८० को माघ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले करिब ३ अर्ब कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार यी कम्पनीहरुले २ लाख ४१ हजार २५१ वटा बीमालेख जारी गरेर २ अर्ब ९८ करोड ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले नै कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ३२ करोड ७९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । दोस्रोमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २९ करोड ५ लाख रुपैयाँ ब्यापार गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले माघ महिनामा मात्रै २१ करोड २ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले १९ करोड ९० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले १९ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले १८ करोड ९९लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा जिआइसीले १८ करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १८ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी अजोड इन्स्योरेन्स कम्पनीले १७ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । लुम्बिनी जनरलले १४ करोड ८५ लाख,आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १४ करोड ७९ लाख, ओरिएण्टल इन्स्योरेन्स कम्पनीले १३ करोड ९२ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले ११ करोड ५९ लाख, प्रिमियर इन्स्योरेन्स कम्पनीले १० करोड ५४ लाख कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, प्रभु इन्स्योरेन्सले १० करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल इन्स्योरेन्सले ९ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनाइटेड इन्स्योरेन्सले ९ करोड ८ लाख र नेशनल इन्स्योरेन्सले ८ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS