IME Life New

माघ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन करिब १८ अर्ब रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । १९ वटा निर्जिवन बीमा कम्पनीहरुले माघ मसान्तसम्ममा झण्डै १८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । निर्जिवन बीमा कम्पनीहरुमध्ये सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्क यसमा समावेश गरिएको छैन।

बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुमध्ये माघ मसान्तसम्ममा सबैभन्दा धेरै  बीमा शुल्क आर्जन गर्नेमा  शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले माघ मसान्तसम्ममा २ अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले पाँच महिनाको अवधिमा १ अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ३९ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ३० करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ४ करोड रुपैयाँ, युनाईटेड इन्स्योरेन्सले ६६ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले ९३ करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले ८५ करोड रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले ८२ करोड र लुम्बिनी जनरल इन्स्योरेन्सल ७९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यसैगरी अजोड इन्स्योरेन्सले ७६ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ४१ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७३ करोड रुपैयाँ, हिमालयन जनरल इन्सयोरेन्स, ओरियन्टल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्सले ५८ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ५० करोड रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

युनाईटेड इन्स्योरेन्सले ४७ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५७ करोड रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले ४५ करोड रुपैयाँ, एभरेष्ट इन्योरेन्सले ४१ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ३६ करोड रुपैयाँ, जनरल इन्योरेन्सले २९ करोड रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले २३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS