IME Life New

माइक्रोसफ्ट सर्भर डाउन हुँदा कति कम्प्युटर भए प्रभावित ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सफ्टवेयर कम्पनी माइक्रोसफ्टले शुक्रबार आईटी सेवामा आएको अवरोधका कारण विश्वभरका ८५ लाख कम्प्युटरले काम गर्न छाडेको जनाएको छ।

साइबर सेक्युरिटी सफ्टवेयर क्राउडस्ट्राइकको अपडेटपछि आएको यस त्रुटिको बारेमा अहिलेसम्म कुनै तथ्यांक सार्वजनिक गरिएको छैन। यो घटनालाई साइबर इतिहासकै सबैभन्दा नराम्रो घटना भनिएको छ।

Esewa
Crest

माइक्रोसफ्टले आफ्ना प्रयोगकर्तालाई यसबाट बाहिर निकाल्न मद्दत गरिरहेको छ। कम्पनीले एक ब्लग पोष्टमा भनेको छ, ‘हामीले हाल ८.५ मिलियन विन्डोज उपकरण क्राउडस्ट्राइक अपडेटबाट प्रभावित भएको अनुमान गरेका छौँ।’

पोस्टमा कम्पनीका उपाध्यक्ष डेभिड वेस्टनले भनेका छन्, ‘यो संख्या विश्वभरका विन्डोज मेसिनको १ प्रतिशतभन्दा कम छ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS