IME Life New

महिला लघुवित्तको करिब २ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको करिब २ लाख कित्ता शेयर आजबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ। संस्थाको १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमा संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन पाउनेछन्। खरिद आवेदन जेठ २३ गतेसम्म दिनुपर्नेछ।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ९०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

इच्छुक लगानीकर्ताले तोकिएको मितिभित्र काठमाडौंको ठमेलस्थित नेपाल एसबीआई मर्चेन्ट बैंकिङमा बोलपत्र पेस गर्न सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS