IME Life New

महिला कर्मचारीमाथि दुर्व्यवहार गरेकोमा राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर अचार्य बर्खास्तीमा परेका छन्। राष्ट्र बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले निर्देशक आचार्यलाई बर्खास्त गरेको हो।

राष्ट्र बैंक स्रोतका अनुसार आचार्यले हालै एक कार्यक्रममा राष्ट्र बैंककै एक उच्च पदस्थ महिला अधिकारीमाथि दुर्व्यवहार गरेका थिए। ‘दुईदिने तनाव व्यवस्थापनसम्बन्धी तालिम थियो, कार्यक्रम नगरकोटको एउटा होटेलमा गरिएको थियो’, स्रोतले भन्यो, ‘त्यही होटेलमा आचार्यले ती उच्च महिला कर्मचारीमाथि दुर्व्यवहार गरे।’

Esewa
Crest

यो घटनाको छानबिन गर्दा आचार्यले दुर्व्यवहार गरेको पुष्टि भएपछि सञ्चालक समितिले उनलाई पदबाट बर्खास्त गरेको स्रोतको भनाइ छ। ‘उनलाई अन्य सरकारी निकायमा काम गर्न पाउने अर्थात योग्य रहने गरी बर्खास्त गरिएको छ’, स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS