IME Life New

महिला उद्यमीका लागि मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिला उद्यमीका लागि मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले नेपाल महिला उद्यमी महासंघको २१औँ वार्षिक साधारणसभाको अवसरमा महासंघमा आबद्ध महिला उद्यमीका लागि वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्य र मार्केटिङ विभागका प्रमुख विनयरत्न शाक्यले सहजीकरण गरेका थिए। उक्त कार्यक्रममा महिला उद्यमीहरूले बैंकिङ कारोबार र सेवा सुविधासम्बन्धी राखेका विभिन्न जिज्ञासालाई बैंकको तर्फबाट स्पष्ट पारिएको बैंकले जनाएको छ।

Esewa
Crest

महासंघकी अध्यक्ष शोभा ज्ञवालीले उक्त कार्यक्रमबाट महिला उद्यमीहरूलाई बैंकिङ कारोबार गर्न प्रोत्साहन मिल्नुको साथै बैंकको सेवा सुविधाबारे जानकारी भएको र सहभागीहरूको जिज्ञासाहरूलाई स्पष्ट पारिएको उल्लेख गर्दै आगामी दिनमा बैंकबाट कर्जा उपयोग गर्न सहज हुने बताएकी थिइन्। उक्त कार्यक्रममा महासंघको तर्फबाट १५० जना महिला उद्यमीहरू सहभागी थिए।

बैंकले ‘नेपालमै टिक्न सजिलो छ’ भन्ने मान्यता राख्दै साना तथा मझौला व्यापार–व्यवसायहरूलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जाहरू ल्याएको छ। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS