IME Life New

महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाब्यकार अर्याललाई प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । २१ औं संस्करण तथा वर्ष २०८० को महालक्ष्मी साहित्य पुरस्कार २०८१/०६/०५ मा महाकाब्यकार मुना अर्याललाई एक विशेष कार्यक्रमका बीच प्रदान गरिएको छ । तत्कालिन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पु-याउने साहित्यकारहरुलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्देश्यका साथ वि.स. २०५९ सालमा स्थापित यस पुरस्कार यस वर्ष मातृभुमी साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार मुना अर्याललाई प्रदान गरिएको हो ।

मातृभुमी साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रमा यस बैकका बागमती प्रदेश “ख” का प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले संयुक्त रुपमा प्रदान गरेका हुन् । यस कार्यबाट नेपालमा साहित्य क्षेत्रको विकास तथा संरक्षण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

Esewa
Crest

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS