IME Life New

एनएमबि बैंकले डाक्यो वार्षिक साधारणसभा, अग्राधिकार शेयर जारी गर्ने मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंकका सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा प्रयोजनार्थ बैंकले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको सभामा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

सभाले प्रतिशेयर १०० रुपैयाँ दरले ३ अर्ब रुपैयाँबराबरको ‘एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। अग्राधिकार शेयर जारीपछि पुँजी वृद्धि गर्नुपर्ने भएकोले बैंकको हालको अधिकृत पुँजी २० अर्ब रुपैयाँलाई वृद्धि गरी २५ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

अग्राधिकार शेयर जारीपछि हाल कायम जारी तथा चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँलाई वृद्धि गरी २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने र त्यसमा नियमनकारी निकायबाट कुनै फेरबदल र सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृति गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

उक्त आर्थिक वर्षका लागि बैंकले लाभांश प्रस्ताव गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS