IME Life New

महंगिएको सुनको आपूर्ति बढाउन व्यवसायीको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्यवसायीक अधिकार स्थपित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल सुनचाँदी ब्यवासयी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको अध्यक्षतामा गएको महासंघको प्रतिनिधिमण्डलसँग भेटका क्रममा प्रधानमन्त्री दाहालले निर्वाधरुपमा पेशा ब्यवसाय गर्न आग्रह गर्दै ब्यवसाय सञ्चालनका क्रममा कुनै समस्या उत्पन्न भएमा त्यसलाई समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

भेटका क्रममा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले माग अनुसार कच्चा सुनको आपूर्ति नहुँदा ब्यवसाय सञ्चालनमा कठीनाई भएको बताए । उनले ब्यवसाय सञ्चालनकालागि आवश्यक पर्ने नीति नियम निर्माणगरी बजारको माग अनुसार सुनको आपूर्ति ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

Esewa
Crest

त्यसक्रममा महासंघको तर्फवाट निवर्तमान अध्यक्ष मोहन कुमार सुनार, विशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्षहरु मोहनकाजी शाक्य, विपिन रामुदामु र महेन्द्र शाक्यको उपस्थिति रहेको थियो । महासंघलाई यसअघि नै सरकारले उद्योग बाणिज्य प्रबर्धन संवाद समितिको सदस्यको रूपमा समावेश गरको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS