IME Life New

मल्टीपर्पस फाइनान्सको २७औँ वार्षिक साधारणसभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । २७ औं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष चन्दन अग्रवालको अध्यक्षतामा संस्थाको केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा सम्पन्न भएको हो ।

उक्त साधारण सभामा अध्यक्ष चन्दन अग्रवालद्वारा प्रस्तुत वित्तीय संस्थाको २७ औं वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको बार्षिक वित्तीय विवरण आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु र लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक सम्बन्धी प्रस्तावहरु सर्वसम्मतिबाट पारित भएको छ ।

Esewa
Crest

साथै वित्तीय संस्थाले निकट भविष्यमा आफनै भवनबाट कारोबार संचालन गर्नको लागि हाल रहेको कम्पनी बिधापती चोकबाट करिब १०० मिटर उत्तर नेपाल राष्ट्र बैंक, जनकपुर कार्यालयसँगै रहेको डेढ कठ्ठा जग्गा खरिद गरी घर निर्माणको प्रकृया अगाडी बढाएको छ । सुचना प्रबिधिलाई समय सापेक्ष बनाउने र बैंकिंङ्ग कारोबार लाई सहज गर्न अत्याधुनिक सफटवेयर जडान गरी कारोवार संचालन गरिरहेको र वित्तीय संस्थाको कारोबार बिस्तारको लागी थप २ वटा शाखा सर्लाही जिल्लाको कौंडेना गाउपालिका र गौंडैता नगरपालिकामा गत महिनाबाट संचालनमा ल्याईसकेको जनाइएको छ ।

उक्त साधारण सभामा वित्तीय संस्थाको संचालक सदस्यहरु गेहनाथ ढुंगाना, जयप्रकाश ठाकुर, अशोक साह, गृष्मा श्रेष्ठ र महेश कुमार सिंह तथा प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिब रजनीश कुमार सिंह लगायत शेयरधनी महानुभावहरु, कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS