IME Life New

मर्जर पारित गर्न सानिमा र जनरल इन्स्योरेन्सले बोलाए एस.जी.एम., के हुने भयो नाम र स्वाप कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले असोज ११ गते विशेष साधारणसभा बोलाएका छन्।  जनरल इन्स्योरेन्सले अमृतभोग, कालिकास्थानमा विहान ११ बजे विशेष साधारणसभा बोलाउँदा सानिमा जनरल इन्स्योरेन्सले कुण्डलीन दरवार, चण्डोलमा विहान ११ बजे नै  विशेष साधारणसभा बोलाएको छ ।

दुवै सस्थाको विशेष साधारणसभाले मर्जरलाई अन्तिम रुम दिने छ।  मर्जर पश्चात बन्ने कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड हुने प्रस्ताव पनि दुवै कम्पनीको विशेष साधारणसभाले पास गर्ने प्रस्ताव रहेको छ।  त्यस्तै एक बराबर एकको स्वापमा मर्ज हुने प्रस्ताव पनि सोही सभाले पास गर्ने कार्यक्रम रहेको छ ।

Esewa
Crest

त्यस्तै दुवै कम्पनी मर्जर भए पश्चात सस्थापक र सर्वसाधारणको शेयर अनुपात ५१ बराबर ४९ कायम गर्ने विशेष प्रस्ताव पनि दुवै कम्पनीको सभाले पास गर्ने कार्यक्रम रहेको छ।

दुवै कम्पनीको विशेष साधारणसभा प्रयोजनको लागि असोज ६ गते बुक क्लोज हुने छ । बुक क्लोजको आधारमा असोज ५ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन योग्य हुने छन् ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड चुक्ता पुँजी वृद्धिको लक्ष्य दिएको छ । एक बराबर एकको अनुपातमा मर्जरमा जाने भएकाले मर्जर पश्चात बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी २ अर्ब हुने छ । हाल दुवै कम्पनीको चुक्ता पुँजी १ अर्ब रहेको छ । मर्जर पश्चात बन्ने कम्पनीलाई बीमा समितिले दिएको लक्ष्य हासिल गर्न ५० करोड थप पुँजी आवश्यक पर्ने छ । प्रतिशतमा अझै २५ प्रतिशतले पुँजी वृद्धि आवस्यक रहेको छ।

सूचनाहरु :

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS