IME Life New

मन्दीमा बीमितलाई प्रोत्साहन गर्न मोटरसाइकल देखि दुबई भ्रमणसम्मको प्याकेज घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क भुक्तानीका लागि बीमितलाई प्रोत्साहन गर्न जीवन बीमा कम्पनीहरूले डिजिटल भुक्तानी सेवा प्रदायकसँग मिलेर  नगद छुटसँगै विदेश भ्रमणसम्मको प्याकेज ल्याएका छन् । जीवन बीमकले कनेक्ट आइपिएस, ईसेवा, खल्ती, आइएमई पे लगायतको डिजिटल वालेट कम्पनीसँगको सहकार्यमा असार मसान्तसम्मका लागि नगद छुट (क्यास ब्याक) देखि भाग्यशाली विजेताका लागि विदेश भ्रमणसम्मको योजना सञ्चालन गरेका हुन् ।

कनेक्ट आइपिएसमार्फत जीवन बीमा नविकरण बीमाशुल्क भुक्तानी गर्दा प्रत्येक हप्ता १० जनाले १ हजार रूपैयाँ नगद फिर्ता प्राप्त गर्न सक्छन् । यसैगरी प्रत्येक महिना १ जना भाग्यशाली विजेताका लागि ४० हजार रूपैयाँसम्म बीमाशुल्क रकम फिर्ताको योजना समेत कनेक्ट आइपिएसले घोषणा गरेको छ ।

Esewa
Crest

खल्ती डिजिटल वालेटले नविकरण बीमाशुल्क भुक्तानीका साथै जुनसुकै कारोबार गर्दा नगद फिर्तासँगै मोटरसाइकल उपहार योजना सञ्चालन गरिरहेको छ। करोडौंको अफर अन्तर्गत ५ वटा पल्सर मोटरसाइकल, गेमिङ ल्यापटप, स्मार्ट मोबाइल फोन, नगद फिर्ता योजना सञ्चालन गरिरहेको छ । यो योजना अन्तर्गत पहिलो राउण्डमा एकजना भाग्यशाली ग्राहकले पल्सर मोटरसाइकल उपहार जिति सकेका छन् । यसबाहेक स्मार्ट वाच, माउण्टेन फ्लाइट, निःशुल्क इन्टरनेट सेवा, ट्याबलेट, साइकल, कम्प्युटर सहायक उपकरण, फर्निचर, खल्ती वालेटमार्फत् नविकरण बीमाशुल्क भुक्तानी गरी कम्तीमा दुईवटा कारोबार गर्ने प्रयोगकर्ता भाग्यशाली उपहार योजनामा सहभागि हुन योग्य हुनेछन् । जेठ १ गतेदेखि सञ्चालन भइरहेको यो योजना असार ३१ सम्म चल्नेछ ।

यसबाहेक ईसेवाले हरेक साता भाग्यशाली विजेतालाई सोल्टी होटलमा आवासीय सुविधा, निःशुल्क स्वास्थ्य र दुर्घटना बीमाको सुविधा घोषणा गरेको छ । साथै बम्पर उपहार अन्तर्गत भाग्यशाली विजेताले दुबइ घुमघाम गर्ने प्याकेज समेत जित्न सक्नेछन् ।

सूर्यज्योती लाइफले नविकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितलाई ७ सय रूपैयाँसम्म नगद फिर्ताको घोषणा गरेको  छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS