IME Life New

मन्थलीमा इन्स्योरेन्स, बैंक तथा वित्तीय संस्थाको आयोजनामा सचेतनामूलक र्याली सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रामेछापको सदरमुकाम मन्थलीमा संचालित बैंक, इन्स्योरेन्स तथा वित्तीय संस्थाहरूले ग्लोबल मनी विक २०२४ को अवसरमा र्याली कार्यक्रम सम्पन्न गरेका छन् । बैंक, इन्स्योरेन्स, लघुवित सहकारी संस्थाहरूले आर्थिक संकलन गर्ने मात्रै नभएर संकलित रकमलाई सही कार्य र उत्पादनमा कसरी लगाउने भन्ने विषयमा सकारात्मक सन्देश दिने उद्देश्य सहित र्‍याली कार्यक्रमको आयोजना गरेका हुन् ।

वित्तीय संस्थाहरुले ‘प्रोटेक्ट योर मनी, सेक्युेवर फियूचर’ भन्ने मूल नारा सहित राष्ट्र बैंकको १२ओं ग्लोबल मनी विक २०२४ बैंक तथा वित्तीय समूह बिआइजीको अग्रसरतामा मन्थली वजार परिक्रमा गरी सचेतना मूलक संयुक्त र्याली शुक्रवार बिहान सम्पन्न गरेका हुन् ।

Esewa
Crest

उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक सहित सबै बैंक, लघु वित्त, सहकारी र इन्स्योरेन्सहरुका प्रमुख तथा प्रतिनिधिहरूले मन्थली–१ को भैशेश्वर चोकदेखि ट्राफिक बिटसम्म विभिन्न सचेतनामूलक नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका हुन् ।

देवकोटा चोकमा भएको कोण सभालाई बैंक, इन्स्योरेन्स, सहकारी ,लघुवितका प्रमुख एवम प्रतिनिधिहरुले ‘पैसा भए वचत गर्न र पैसाको सहि सदुपयोग सहि लगानि गर्न सुझाब दिएका थिए ।

साथै, बिआइजी समूह रामेछापका अध्यक्ष प्रदीप कार्कीले मंन्थलीमा संचालित बैंक तथा वित्तीय संस्थाहरू एकिकृत भएर लागेका छन् । साथै, सबै मिलेर आर्थिक समृद्धिको लागि काम गरिरहेका छन् भन्ने सन्देश दिन र्यालीले महत्पूर्ण भूमिका खेलेको बताए।

बिआइजी समूह रामेछापले रामेछापमा संचालित बैंक तथा बित्तीय सस्थाहरुलाई समस्या पर्दा समस्याको समाधान गर्न पहल गर्ने लगायत सामाजिक कार्यमा सहभागिता जनाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS