IME Life New

मनकामना स्मार्ट लघुवित्तको १७% बोनस शेयर पाउन शेयरधनी स्वयंले कर तिर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७७।७८को १७ प्रतिशत बोनस शेयर पाउन शेयरधनीहरु स्वयंले कर तिर्नुपर्ने भएको छ।

संस्थाले आज एक सूचना जारी गर्दै उक्त बोनस शेयर प्राप्त गर्न त्यसमा लाग्ने करबापतको रकम बुझाउनलाई शेयरधनीहरुलाई आग्रह गरेको हो। २०७८ पुस १९ गते सम्पन्न संस्थाले उक्त आर्थिक वर्षको लाभांश अनुमोदन गरेको थियो।

Esewa
Crest

साविकको स्मार्ट लघुवित्त र मनकामना लघुवित्त आपसमा गाभिएर २०७७ साउन ११ गतेबाट मनकामना स्मार्ट लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको थियो। सो मितिपश्चात शेयर खरिद गरेका तथा प्राथमिक शेयर निष्कासनमा बाँडफाँडमा परी हालसम्म शेयर कायम रहेका शेयरधनीहरुको हकमा सो शेयरमा प्रचलित आयकर ऐन, २०६३ को दफा ४७ (क)अन्तर्गतको व्यवस्थाबमोजिम कर लाग्ने र सो करबापतको रकम शेयरधनी स्वयंले नै तिर्नुपर्ने संस्थाले जनाएको छ।

उक्त शेयरबाट आर्जित बोनस शेयरमा लाग्ने करबापतको रकम बुझाउन बाँकी रहेका शेयरधनीले संस्थाको एनएमबि बैंक भैरहवा शाखामा रहेको ०७८००६६१२८३०००१२ बैंक खातामा करबापतको रकम जिम्मा गरिदिन संस्थाले आग्रह गरेको छ। त्यसपछि रकम बुझाएको भौचर संस्थाको ई–मेल manakamana.bonustax.gmail.com मा पाठएपछि बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा हुने संस्थाले स्पष्ट पारेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS