IME Life New

मधेशमा तोडा चलान गर्न ६ महिनामै राष्ट्र बैंकको रू. १२ लाख खर्च हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मधेश प्रदेशको वीरगञ्ज कार्यालयको कार्य क्षेत्र अन्तर्गत नगद ओसार पसार गर्न झण्डै १२ लाख रूपैयाँ खर्चिने भएको छ। बैंकले क्षेत्रिय कार्यालय वीरगञ्ज अन्तर्गतका जिल्लाहरूमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको क्षेत्रिय तथा शाखा कार्यालयबाट नोटकोष तोडा चलान ओसार पसार गर्न न्यू नेपाल ढुवानी सेवालाई ठेक्का दिएको हो।

बैंकका अनुसार २०८२ असार महिनासम्मका लागि भएको ठेक्कामा मूल्य अभिवृद्धि कर सहित सात महिनाको अवधिमा कुल ११ लाख ८८ हजार २ सय रूपैयाँ ढुवानी व्यवसायी कम्पनीलाई भुक्तानी दिने सहमति भएको छ। ढुवानी व्यवसायीले राष्ट्र बैंकको आवश्यकता अनुसार बस, ट्रक वा जीप उपलब्ध गराउनुपर्नेछ।

Esewa
Crest

केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले नेपाली सेनाको सुरक्षामा देशैभर नगद ओसार पसार गर्दै आएको छ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार नेपाली बजारमा २०८१ असारसम्म ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ नगद परिचालन रहेको छ। २०८० असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS