IME Life New

मंसिर महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे २ अर्ब ६१ करोड बीमा शुल्क, कुनले कति गरे व्यवसाय ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९ /८० को मंसिर महिनामा मात्रै साढे २ अर्बमाथि कुल बीमा शुल्क आर्जज गरेका छन् । यी कम्पनीहरुले २ लाख २८ हजार १२६ वटा बीमालेख जारी गरी २ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यी कम्पनीहरुले मंसिर महिनासम्ममा १५ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार मंसिर महिनामा सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा २७ करोड १ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २३ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीले मंसिर महिनामा कुल २२ करोड ५६ लाख बीमा शुल्क आर्जन गरेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीले २० करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले १९ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी यस मंसिर महिनामा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १८ करोड ९६ लाख, एनएलनी इन्स्योरेन्सले १५ करोड ७३ लाख, सानिमा जिआइसीले १४ करोड ८१ लाख, आइएमई जनरलले १४ करोड २२ लाख, अजोड इन्स्योरेन्सले १३ करोड ४७ लाख, लुम्बिनी जनरलले १३ करोड द्द३ लाख, प्रभु इन्स्योरेन्सले ११ करोड ५६ लाख, नेपाल इन्स्योरेन्सले ११ करोड १५ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले ९ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, यूनाइटेड इन्स्योरेन्सले ९ करोड ३१ लाख, ओरिएण्टल इन्स्योरेन्सले ८ करोड ६६ लाख, नेशनल इन्स्योरेन्सले ४ करोड १९ लाख र राष्ट्रिय बीमा कम्पनीले ३ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS