IME Life New

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको १३ वर्षपछि नेपाल बैंकका तत्कालीन उपप्रबन्धक पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल बैंकका तत्कालीन उपप्रबन्धक शशिकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले श्रेष्ठलाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गरिएको प्रहरी परिसरका प्रवक्ता एवं प्रहरीउपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए। ’भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले फैसला कार्यान्वयनका लागि हाम्रो टोलीले पक्राउ गरेको हो’, उनले भने।

Esewa
Crest

श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएपछि १३ वर्षदेखि फरार रहेका उनले तत्कालीन समयमा कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी ३९ करोड ८९ लाख रुपैयाँ हानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ।

पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि सोमबार अदालतमा पेस गरिने प्रवक्ता अधिकारीले जानकारी दिए। –रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS