IME Life New

भोलि दुई कम्पनीको साधारणसभा हुँदै, के-के छन् एजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोलि घोराही सिमेन्ट र मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा हुँदैछ । घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले भोलि पुस २७ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले दाङ जिल्ला घोराही उपमहानगरापलिका वडा नं १५, भरतपुरमा अवस्थित होटल पौवामा बिहान ९ बजे साधारण सभा गर्ने भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७.५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ अर्ब ४२ करोड ५७ लाख ६४ हजार २७५ रुपैयाँ बराबरको ३ करोड ४२ लाख ५७ हजार ६४२.७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। सभाले सो प्रस्ताव अनुमोदन गर्नेछ ।

Esewa
Crest

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । त्यसकारण पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

त्यस्तै, मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले पुस २७ गते, शनिबार, १९ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान १ सुनसरीमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.५०७९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५००४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै सभाले ‘ख’ वर्गको प्रादेशिक स्तरको विकास बैंकको लागि अनुमोदन गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS