IME Life New

भारतीय बक्याैताबीच बंगलादेशमा बिजुली निर्यात, पैसा पाइएला वा ब्याड डेट बन्ला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खराब अर्थव्यवस्थाका कारण दक्षिण एशियाली मुलुक बंगलादेश विदेशी मुद्रा संचितिको चरम अभावबाट गुज्रि रहेको छ। केही समय यताको राजनीतिक उतार चढाव, भ्रष्ट राजनीति र प्रशासन र खस्कँदो निर्यात व्यापारसँगै बढ्दो उपभोगका कारण विदेशि मुद्रा संचितिको अवस्था कमजोर छ।

यही कमजोर अवस्थाबीच बंगलादेशले नेपालसँग शुक्रबारबाट ४० मेगावाट बिजुली आयात शुरू गरेको छ। भारतीय प्रशारण लाइन हुँदै बंगलादेशसम्म पुर्‍याउनका लागि यस सम्बन्धमा नेपाल भारत र बंगलादेशबीच असोज १७ गते त्रिपक्षीय बिक्री सम्झाैता भई सकेको छ।  बंगलादेशले प्रति युनिट ६.४० अमेरिकी सेन्ट (८ रुपैयाँ ६२ पैसा) भुक्तानी दिनेछ । नेपालले  सन् २०२९ अक्टोबर २ सम्म बंगलादेश बिजुली निर्यातको लागि भारतीय नियामकबाट स्वीकृति पाएको छ।

Esewa
Crest

आर्थिक संकटसँगै अमेरिकी डलरको सञ्चिती अभावबाट गुज्रिरहेको बंगलादेशसँग बिजुली निर्यातवापतको बक्याैता असुलीमा कुटनीतिक तहबाटै पहल हुन नसके यो सधैंका लागि उधारो(ब्याड डेट) कारोबार बन्न सक्ने जोखिम छ।

अडानी पावरले दियो लाइन काट्ने धम्कीः

चरम आर्थिक संकटका कारण अमेरिकी डलरको पर्याप्त जोहो गर्न नसक्दा बंगलादेशी सरकारले भारतीय बिजुली निर्यातकर्ताको बक्याैता तिर्न असमर्थ छ। भारतीय विद्युत आपूर्तीकर्तामध्येको अडानी पावरले बक्याैता रकम असुलीका लागि ताकेता गर्दै बिजुली आपूर्ती अवरूद्ध पार्ने चेतावनी दिई सकेको छ। अडानी समूहका अध्यक्ष गौतम अडानीले यस सेप्टेम्बरमा मुख्य सल्लाहकार प्रोफेसर मुहम्मद युनुसलाई पत्र लेखेर ८५ करोड अमेरिकी डलर बक्याैता भुक्तानीका लागि पहल गर्न आग्रह गरेका थिए।

यस्तो आग्रह पछि केन्द्रिय बैंक, बंगलादेश बैंकले सरकारी स्वामित्वको कृषि बैंकलाई मार्चदेखि अक्टोबर २०२४ सम्मको बक्यौता वापत ७३ करोड २० लाख अमेरिकी डलर भुक्तानी गर्न निर्देशन दिएको छ। साथै अडानी पावरनलाई अर्को वर्ष अक्टोबरसम्मको लागि वित्तीय ग्यारेन्टी प्रदान गर्न समेत निर्देशन दिएको छ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार बंगलादेश पावर डेभलपमेन्ट बोर्डले बंगलादेशी वाणिज्य बैंकसँग अमेरिकी डलर सञ्चिति अभावका कारण लामो सयमदेखि बिजुली महशुल भुक्तानीको समस्यासँग जुध्नु परेको छ।

द बिजनेश स्ट्यान्डर्डले बोर्डका अध्यक्ष इन्जिनियर मोहम्मद रजाउल करिमको भनाइ उद्घृत गर्दै भनेको छ, “अडानीलाई अहिले सम्म प्रति महिना १ करोड ४० देखि २ करोड ५० लाख डलरसम्म भुक्तानी गरिएको छ, तर नोभेम्बरबाट हरेक महिना १० करोड अमेरिकी डलर वा त्यो भन्दा बढी तिर्ने योजनामा ​​छौं। परिस्थितिले हामीलाई कति अनुमति दिन्छ हेरौं।”

गत वर्ष सेप्टेम्बर देखि यस वर्षको अक्टोबरसम्म मात्रै विद्युत् क्षेत्रमा करिब ४५ हजार ५०० करोड टाका बक्याैता रहेकोमा विद्युत् तथा ऊर्जा क्षेत्रमा सरकारको बक्याैता ऋण झण्डै ५० हजार करोड टाकाको कीर्तिमानी उचाइमा पुगेको छ । यो अंक चालु आर्थिक वर्षको बजेट विनियोजनभन्दा ३० प्रतिशतले अधिक रहेको अर्थ महाशाखाका एक अधिकारीले बताएको द बिजनेश स्टाण्डर्डले उल्लेख गरेको छ ।

प्रत्येक महिना,३ अर्ब ५० करोड देखि ४ अर्ब टाकाको नयाँ बक्यौता थपिन्छ, तर सीमित राजस्व सङ्कलनमा, वित्त मन्त्रालयले मासिक डेढ अर्ब देखि २ अर्ब टाका सम्म मात्र जोहो गर्न सकेको छ।

अडानी पावरले बंगलादेशको विद्युत् मागको १० प्रतिशत पूरा गर्छ। बोर्डले अडानी पावरसँग २५ वर्षे विद्युत् खरिद सम्झौता (पीपीए) २०१५ मा हस्ताक्षर गरेको थियो । यो सम्झाैता देशहित विपरित भएको भन्दै बंगलादेशको सर्वोच्च अदालतमा सार्वजनिक चासोको रिट दायर भएको छ।

बंगलादेशमा भारतबाट अडानी पावर,सेल, एनटिपिसी र पिटिसी इण्डियाले बिजुली निर्यात गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS