IME Life New

भारतमा स्वास्थ्य बीमाका लागी च्याट जिपिटीकाे प्रयाेग,बीमालेख बेच्न एजेन्ट नचाहिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । भारतकाे सूचना प्रविधि व्यवसायकाे राजधानी मानिने बेङ्गलुरुमा सूचना प्रविधिमा आधारित बीमा कम्पनी प्लमले पाेलिसी जिपिटी सार्वजनिक गरेकाे छ। प्लमले मान्छेकाे सहभागीता बिना नै कम्प्युटरमा प्राप्त सूचनाका आधारमा बीमितलाई स्वास्थ्य बीमालेखकाे बारेमा स्वचालितरुपमा जानकारी गराउने प्रविधि सार्वजनिक गरेकाे हाे । जिपिटी ३ मा आधारित च्याटबटका माध्यमबाट बीमित वा बीमालेख खरिद गर्ने तयारी गरिरहेका व्यक्तिले स्वास्थ्य बीमालेखकाे सम्बन्धमा सम्पूर्ण जानकारी अन्तरकृयात्मकरुपमा प्राप्त गर्न सक्नेछन् । च्याट बटले बीमालेख हरुमा समावेश गरिएकाे जटिल प्राविधिक शब्दहरु र दाबी भुक्तानीकाे शर्तहरुका बारेमा बीमितलाई शिक्षित गर्ने यसकाे विकासकर्ताकाे विश्वास छ।

प्लमका प्रमुख प्रविधि अधिकृत र सह-संस्थापक सौरभ अरोराले भारतीय स‌ंचारमाध्यमलाई प्रतिकृया दि‌ंदै भनेका छन्, स्वचालित इन्टेलिजेन्स (एआई) एक रोचक प्रविधि हो, जसले ग्राहक शिक्षामा थप प्रयोगका पक्षहरू पहिल्याउने र बीमालाई सामान्य मानिसको लागि थप पहुँचयोग्य बनाउन मद्दत गर्नेछ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS