IME Life New

भारतमा सरकारी बीमकको बजार खस्किदा डिजिटल बीमकको व्यापार डब्बल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। भारतीय निर्जीवन बीमा बजारमा सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनीको बजार हिस्सा खस्किदा निजी क्षेत्रको डिजिटल बीमकले झण्डै दोब्बरले बजार हिस्सा बढाएको छ।

सरकारी स्वामित्वका चार भारतीय निर्जीवन बीमकले समग्र रुपमा गत आर्थिक वर्ष(२०२१ २२) मा २.१० प्रतिशतले बजार हिस्सा गुमाएका छन्।
३१ मार्च २०२२ मा समाप्त भएको आर्थिक वर्षको लागि जारी गरिएको बीमालेखवापत प्राप्त प्रत्यक्ष बीमाशुल्कको सन्दर्भमा उनीहरूको संयुक्त बजार साझेदारी घटेको बीमा नियामक आइआरडिएआइद्वारा जारी गरिएको तथ्याङ्कमा उल्लेख छ ।

Esewa
Crest

चार बीमकमध्ये, न्यू इण्डिया एस्योरेन्सले निर्जीवन बीमाको व्यापारमा १४.०८ प्रतिशतले वृद्धि हासिल गरेको छ। जबकी निर्जीवन बीमा व्यवसायको वृद्वि ८.७९ प्रतिशतले मात्र भएको थियो। तर सरकारी स्वामित्वको अन्य तीन बीमक (नेशनल, ओरिएन्टल र युनाइटेड इन्डियाले बजार हिस्सा घटाएका छन्।

अनलाइन बीमक गो डिजिटले निर्जीवन बीमकमध्ये सबैभन्दा तीब्र वृद्धि हासिल गरेको छ। जसले यसको कूल प्रत्यक्ष बीमाशुल्ल भारु ४६ अर्ब ७० करोडमा लगभग दोब्बर पारेको छ। यसको कार्यसम्पादनले यसलाई अघिल्लो आवको १७ औं स्थानको तुलनामा गत आवमा शीर्ष १० निर्जीवन बीमकको सूचीमा सामेल हुन सफल भएको छ ।

निर्जीवन बजार (सामान्य, स्वास्थ्य र विशेष बीमालेख सम्मिलित) ले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा कुल प्रत्यक्ष बीमाशुल्कमा भारु २०६ खर्बमा ११.०३ प्रतिशतले वृद्धि गरेको छ। २५ निर्जीवन बीमकमध्ये तीनवटाले मात्र गत आर्थिक वर्षमा अघिल्लोको तुलनामा घटी बीमाशुल्क आर्जन गरेका छन् । तिनीहरू युनाइटेड इण्डिया, र नेशनल इन्स्योरेन्स र निजी क्षेत्रको श्रीराम जनरल इन्स्योरेन्स रहेका छन्।

गत आवमा श्रीराम जनरलको प्रत्यक्ष बीमाशुल्क आम्दानी १८ प्रतिशतले घटेर भारु १७ अर्ब ५३ करोड मात्रमा सीमित भएको थियो।

सूचीबद्ध निजी क्षेत्रको बीमा कम्पनी आइसिआइसिआइ लोम्बार्डले सरकारी स्वामित्वको युनाइटेड इन्डियालाई उछिन्दै देशको दोस्रो ठूलो निर्जीवन बीमा कम्पनी बनेको छ। आइसिआइसिआइ लोम्बार्डले युनाइटेड इन्डियाको भारु १ खर्ब ५७ करोडको तुलनामा गत आबमा लगभग भारु १ खर्ब ८० अर्ब बीमाशुल्क संकलन गरेको छ। न्यू इन्डिया एस्योरेन्सले सबैभन्दा ठूलो भारतीय निर्जीवन बीमकको रूपमा आफ्नो पकड कायमै राखेको छ।

एक समूहको रूपमा, स्वास्थ्य बीमकले कूल बीमाशुल्कमा ३२.५३ प्रतिशतको बलियो वृद्धि हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS