IME Life New

भारतमा कृषि बीमा विस्तारको लागि करिब ५ खर्ब रुपैयाँ लगानीको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा सरकार प्रायोजित प्रमुख बाली बीमा योजना, प्रधानमन्त्री  सफल बीमा योजनाको सेवा विस्तार गर्न ३ खर्ब भारतीय रुपैयाँ (नेपाली रुपैयाँ ४ खर्ब ८० अर्ब ) खर्चिने भएको छ।

यो बजेट हालको परम्परागत कृषि बीमा(बाली बीमा) मा मात्र सीमित अनलाइन बीमा सेवालाई अन्य सम्पत्तिहरू माछा पोखरी, ट्रयाक्टर, पशुधन र नरिवल र ताडीका रूखको समेत जोखिम बहन गर्नेछ, यसबारे जानकार अधिकारीको भनाई उद्घृत गर्दै मिन्टले उल्लेख गरेको छ।

Esewa
Crest

यो कार्यक्रम एस एकीकृत विकास परियोजना (एइड) एप्लिकेसनद्वारा संचालित हुनेछ, जुन कृषकका लागि बाली बीमालाई अझ सुलभ र सुविधाजनक बनाउने उद्देश्यले घरदैलो नामांकन सुनिश्चित गर्न जुलाईमा शुरु गरिएको थियो।
एपले ४ करोड किसानलाई गैर अनुदान योजनाको बीमा जोखिम विस्तार गर्नुका साथै बाली बीमाको लागि अभिकर्ता मार्फत् किसानको नामांकनलाई सुविधा दिनेछ।

किसानलाई बाली बीमाको लागि भर्ना गर्न एइड एप पहिले देखि नै सञ्चालनमा छ। अब यो एपको विस्तारले किसानलाई माछा पोखरी, नरिवल र ताडीको रुख, ट्रयाक्टर, कृषि उपकरणको समेत बीमा गराउन सहज हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS