IME Life New

भारतमा एलजीका घरेलु उपकरणको खरिदमा कोरोना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी। एलजी इलेक्ट्रोनिक्सले आफ्ना ग्राहकलाई घरेलु उपकरणको खरिदमा कोरोना बीमा पोलिसी दिने भएको छ। भारत स्थीत एलजी इलेक्ट्रोनिक्सले आफ्ना ग्राहकलाई ५०,००० सम्मको कोरना बीमा पोलिसी दिने भएको छ । यो योजना जुन ३० सम्म लागु हुने छ। ग्राहकले सामान खरिद अनुसार ५० हजार, ३० हजार र १० हजार बराबरको कोरोना बीमा पोलिसी प्राप्त गर्ने छन् । तीन महिना देखि ६५ वर्षसम्मका भारतीय नागरिकहरुले मात्र यो योजनामा सहभागी हुन पाउने छन् । तीन महिना भित्र  विदेश यात्रा नगरेका  नागरिकले मात्र यो योजनाको लाभ लिन सक्ने छन्।

बीमा पोलिसी सार्वजनिक भएको १६ दिन सम्म कोरोना संक्रमण देखिएमा ग्राहकले दावी प्राप्त गर्ने छैनन्।  एलजीका घरेलु उपकरण खरीद गरेको ग्राहकलाई  १ वर्ष भित्र कोरोना संक्रमण देखिएमा एलजीको डिलरसँग सम्पर्क गरेमा दावी भुक्तानी प्रक्रिया सुरु हुने छ । चोलामंडलम एमएस जनरल इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा एलजी इलेक्ट्रोनिक्सले यो योजना ल्याएको हो ।

Esewa
Crest

श्रोत : https://www.lg.com/in/covid-19-health-insurance-offer

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS