IME Life New

भारतको स्वास्थ बीमामा कोरोनाको प्रभाव, ४० प्रतिशत दावी कोरोनाको कारण !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी :भारतमा कोरोना भाइरसको संक्रमण आक्रामक रुपमा वृद्धि भए संगै स्वास्थ बीमा तर्फ कोरोना भाइरसको कारण परेको दावीको हिस्सा पनि दिन प्रति दिन वृद्धि हुँदै छ।

सेप्टेम्बर महिनामा स्वास्थ बीमा तर्फ परेको कुल दावीको ४० प्रतिशत कोरोना भाइरस कारण बनेको छ ।  स्वास्थ बीमा तर्फको कुल दावीको कोरोना भाइरसको हिस्सा मे महिनामा ८ प्रतिशत थियो भने अहिले सेप्टेम्बर महिनामा आउँदा सम्म ४० प्रतिशत पुगेको छ।

Esewa
Crest

टाईम्स अफ इन्डियाका अनुसार सोल्भेन्सीको कारण केही बीमा कम्पनीहरु जस्तै युनाईटेड इन्डिया, ओरियनटल र नेशनल इन्स्योरेन्सलाई निकट भविष्यमा केही समस्या आउने देखिएको छ।

पोलिसी बजार डट कमका स्वास्थ्य व्यवसायका प्रमुख अमित छाब्राले टाईम्स अफ इन्डिया सँग कुरा गर्दै भने “यो डरलाग्दो छ – कोविड दावीहरू अब स्वास्थ्य बीमाको कूल दावीको झण्डै आधा रूप हो  र यो कुरा बिर्सनु हुँदैन कि गैर-कोविड दाबीहरु पनि बढ्दै छ।”

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS