IME Life New

भारतको लघु बीमा व्यवसायमा बन्यो कीर्तिमान, पहिलोपटक नयाँ व्यापार भारु १० हजार करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको लघु बीमा व्यवसायमा नयाँ रेकर्ड बनेको छ। वर्ष २०२४ मा लघु बीमाको पहिलोपटक भारु १० हजार करोड बढीको नयाँ व्यापार बीमाशुल्क संकलन भएको हो।

बीमा नियामक एवं विकास प्राधिकरण (आईआरडीएसआई)को वार्षिक प्रतिवेदनअनुसार जीवन बीमकले लघु बीमामा भारु १० हजार ८६०.३९ करोडको नयाँ व्यापार बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष २०२३ मा यस्तो बीमाशुल्क भारु ८ हजार ७९२.८ करोड थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा लघु बीमाको नयाँ व्यवसाय २३.५ प्रतिशतले बढेको छ।

Esewa
Crest

लघु बीमाअन्तर्गत व्यक्तिगततर्फ नयाँ व्यवसाय अघिल्लो वर्षको तुलनामा २३.७८ प्रतिशतले घटेर भारु १५२.५७ करोडमा खुम्चिन पुगेको छ। जब कि समूहगततर्फ लघु बीमाको नयाा व्यवसाय २४.६१ प्रतिशतले बढेर भारु १० हजा ७०७.८२ करोड पुगेको छ।

समीक्षा वर्षमा लघु बीमा सेगमेन्टमा निजी बीमकको हिस्सा करिब भारु १० हजार ७०८.४ करोड रहेको छ भने सरकारी जीवन बीमक एलआईसीको योगदान करिब भारु १५२ करोड रहेको छ।

भारतमा लघु बीमाको उद्देश्य कम आम्दानी भएका मानिसलाई सुरक्षा प्रदान गर्नु रहेको छ। यो सेगमेन्टअन्तर्गत कम्पनीहरुले त्यस्ता मानिसलाई आर्थिक नोक्सानीको सामना गर्न र त्यसबाट राहात दिन सस्ता बीमा योजना ल्याएका छन्।

वर्ष २००५ मा बीमा नियामकले भारतमा लघु बीमा ल्याउन नयाँ नियम ल्याएको थियो। त्यसपछि यस किमिसको बीमा योजनाको माग बढ्न थालेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS