IME Life New

भायानेटको ‘गुड विथ इन्टरनेट’ मार्फत १५ परिवारलाई इन्टरनेट सेवा प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भायानेट कम्युनिकेसन प्रा. लि. ले आफ्नो कर्पोरेट सामाजिक दायित्व अन्तर्गतको ‘गुड विथ इन्टरनेट’ अभियान यो वर्ष पनि जारी राखेको छ। यो अभियान कोभिडको महामारीका कारण भएको लकडाउनको समयमा पैसाको अभावले इन्टरनेट जोड्न नसकी शैक्षिक अवसरहरूबाट वञ्चित भएका विद्यार्थीहरूलाई मद्दत गर्ने उद्देश्यले सुरु गरिएको थियो।

ह्युमन्स अफ काठमाडौंले आफ्नो सामाजिक संजाल मार्फत काभ्रेबाट आफ्ना छोराछोरीलाई पढाउन काठमाडौं आएकी प्रतिभा दिदीले महामारीका कारण अनलाइन गएको समयमा आफ्नो छोरालाई पढाउन नसकेको कुरा लेखेको थियो। उक्त कुरा थाहा पाएपछि भायानेटले प्रतिभा दिदीको परिवारलाई इन्टरनेट दिएर सहयोग गरेको थियो।

Esewa
Crest

यसरी इन्टरनेट र पठन पाठनबाट वञ्चित एउटा परिवारलाई गरिएको सहयोग नै गुड विथ इन्टरनेट नामक कर्पोरेट सामाजिक उत्तरदायित्व अभियानमा परिणत भयो। जसले पैसाकै अभावका कारण इन्टरनेट र पठन पाठन बाट वञ्चित परिवार र उनीहरूका बालबालिकाको शिक्षालाई इन्टरनेट दिएर सहयोग गर्दछ।

आजभोलि इन्टरनेट कनेक्टिभिटी अझ व्यापक र सर्वसुलभबन्दै गइरहेको छ। यद्यपि अझै पनि धेरै बालबालिकाहरू इन्टरनेटकै अभावमा गुणस्तरीय शैक्षिक अवसरहरूबाट वञ्चित छन्। त्यसैले भायानेट आफ्नो क्षमताले भ्याएसम्म धेरै भन्दा धेरै यस्ता परिवारसम्म पुगि सहयोग गर्ने उदेश्य राखेको छ ।

यो अभियानको दोस्रो वर्षमा चक्रपथको सडकमा फिटकिरी बोझो लगायतका जडिबुटी बेचेर आफ्ना चार छोराछोरी पढाउन खोजिरहेकी डल्ली दिदी, कपनमा पानीपुरी बेची आफ्नो छोरा र छोरी पढाइरहेकी अमला दिदी लगायतका १५  परिवारलाई कम्पनीले सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS