IME Life New

भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन ६ अर्ब ३८ करोड रुपैयाँ, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भदौ महिनासम्ममा २० निर्जीवन बीमा कम्पनीहरुले ६ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । भदौ महिनामा मात्रै भने २ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जीवन जस्तै निर्जीवन बीमा कम्पनीहरुको पनि साउनको तुलनामा भदौमा बीमा शुल्क आर्जन घटेको छ । गत साउनमा निर्जीवन बीमा कम्पनीहरुले तीन अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

Esewa
Crest

भदौ महिना सम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले ६८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । भदौ महिनामा मात्रै भने ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा सगरमाथा इन्स्योरेन्स रहेको छ । सगरमाथाले भदौ महिनासम्ममा ५८ करोड रुपैयाँ तथा भदौ महिनामा मात्रै भने २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

तेस्रो नम्बरमा रहेको नेको इन्स्योरेन्सले ५२ करोड रुपैयाँ आर्जन गरेको छ । भदौमा मात्रै भने नेकोको २६ करोड रुपैयाँ छ । चौथो नम्बरमा रहेको सिद्धार्थले ४६ करोड रुपैया बीमा शुल्क आर्जन गरेको त्यस्तै भदौ महिनामा मात्रै २० करोड रुपैयाँ छ ।

पाँचौ नम्बरमा रहेको प्रिमियर इन्स्योरेन्स कम्पनीले ४१ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । भदौ महिनासम्ममा बाँकी कम्पनीहरुले क्रमश एनएलजी ४० करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनी ४० करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्स ३५ करोड, दि ओरियण्टल इन्योरेन्स २७ करोड, प्रभु इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, २६ करोड, नेशनल इन्स्योरेन्स २३ करोड, नेपाल इन्स्योरेन्स २२ करोड, आइएमई जनरल २२ करोड, अजोड इन्स्योरेन्स २२ करोड, एभरेष्ट इन्स्योरेन्स २१ करोड, लुम्बिनी जनरल इन्स्योरेन्स २१ करोड, प्रडेन्सियल इन्स्योरेन्स २० करोड, जनरल इन्स्योरेन्स १४ करोड र सानिमा जनरल इन्स्योरेन्सले १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS