IME Life New

प्रोडक्ट एम्बेसेडर बनाएर कर्मशील अभिकर्ताको सम्मान गर्दै सूर्यज्योति लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफूसँग आबद्धमध्ये निश्चित मापदण्ड पूरा गरेका अभिकर्तालाई बीमालेखको प्रवर्द्धनका लागि  प्रोडक्ट एम्बेसेडर रुपमा प्रयोग गरेको छ। उदाहरणीय अभिकर्तालाई बीमा योजनाको प्रवर्द्धनमा प्रयोग गर्दा अभिकर्तालाई सम्मान् र अन्य अभिकर्तालाई प्रोत्साहन समेत मिल्ने भएकाले  कम्पनीले यस्तो नीति अपनाएको हो ।

प्रोडक्ट एम्बेसेडर बनाइएका अभिकर्ताको तस्बिरसहित कम्पनीले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत देशव्यापी रुपमा प्रचार–प्रसार गर्नुका साथै शाखा कार्यालयमा उनीहरुको फोटो अंकित ब्यानर, विज्ञापन बोर्ड, पर्चा–पम्पलेटमा समेत कम्पनीको प्रचारप्रसार गर्ने गरिएको छ । यो नीतिबाट मेहनती अभिकर्तालाई सार्वजनिक रुपमा सम्मान मिलेको र अन्य अभिकर्तालाई समेत प्रोडक्ट एम्बेसेडरका रुपमा पहिचान बनाउनका लागि अझै सक्रियतापूर्वक व्यावसायिक लक्ष्य पूरा गर्न प्रेरणा मिलेको कम्पनीले जानकारी दिएको छ।

Esewa
Crest

कम्पनीका अनुसार चालु आर्थिक वर्षमा बुटवल–पाल्पा रोड शाखाका कमलप्रसाद घिमिरे, कोहलपुर शाखाका गौरवकुमार शाही तथा महाराजगन्ज शाखाकी सृजना पन्तले क्रमशः चौरासी पूजा जीवन बीमा योजना, सुरक्षित भविष्य जीवन बीमा योजना र सावधिक जीवन बीमा योजनाका लागि प्रोडक्ट एम्बेसेडरका रुपमा चुनिएका छन् ।

अभिकर्ता कमलप्रसाद घिमिरे

जीवन बीमालाई विशुद्ध समाज सेवा गर्ने माध्यमका रुपमा लिएर बीमा सचेतना अभिवृद्धि गर्दै धेरैभन्दा धेरैजनालाई बीमा गराउने उद्देश्य बोकेका घिमिरेलाई प्रोडक्ट एम्बेसेडर बनेपछि समाजमा छुट्टै पहिचान बनेको, बीमा योजनाको ब्रोसर, मोबाइल एप वेबसाइटमा समेत आफ्नो फोटो देखेपछि बीमा गर्ने व्यक्तिले सजिलै विश्वास गर्ने वातावरण बनेको बताए । उनले यस्तो कार्यले बीमा क्षेत्रमा थप सफलता प्राप्त गर्न सहज भएको बताउनुका साथै कम्पनीले आयोजना गर्ने विभिन्न कार्यक्रममा सम्मान प्राप्त हुँदा काम गर्न थप प्रोत्साहन मिलेको प्रतिक्रिया दिए।

गौरवकुमार शाही

प्रोडक्ट एम्बेसेडर बनेपछि उनको नयाँ परिचय थपिएको छ। सफल अभिकर्ता बन्न सहयोग भएको, विभिन्न शाखामा फोटो हुने, ब्रोसर, प्रचार सामग्रीमा समेत फोटो आउने भएकाले बीमितका बीचमा कम्पनीको आधिकारिक अभिकर्ता हो भन्ने अनुभूति भएको शाही बताउँछन्। साथै, मानिसहरुलाई आफ्नो परिचय दिन सजिलो भएको र फोटो देखेर मानिसहरुले प्रशंसा गर्ने र त्यस्ता व्यक्तिलाई बीमा गराउन झन् सजिलो भएको उनले सुनाए। विगत ३ वर्षदेखि लगातार विभिन्न बीमा योजनाको एम्बेसेडर बन्न सफल भएको र यसको फाइदा आफूले राम्रोसँग अनुभूत गरेकाले आगामी दिनमा अरु बीमा योजनामा समेत आफ्नो दाबेदारी रहने उल्लेख गर्दै उनले यस्ता योजनाले अभिकर्तामा थप ऊर्जा प्राप्त हुनुका साथै सफलता चुम्न सहज हुनेमा आफू ढुक्क रहेको सुनाए।

सृजना पन्त

यस्तो सम्मान पाउँदा एकदमै गर्व महसुस भएको पन्त सुनाउँछिन्। यो अभियानले गर्दा कम्पनीलाई माया गरेर काम गर्ने एजेन्सीहरुले आफू र आफ्नो कम्पनीप्रति गर्व गर्ने अवसरका रुपमा लिएको उनले बताइन् । प्रोडक्ट एम्बेसेडर बनेपछि आफूलाई आफन्त, साथीभाइ र समाजले हेर्ने दृष्टिकोणमा नै फरक पाएको उनी बताउँछिन्। ‘यो क्षेत्रमा पैसा मात्र होइन, सामाजिक प्रतिष्ठा र सम्मान कमाउन सकिने रहेछ भने प्रस्ट उदाहरण बनेको छ’, सृजना भन्छिन्, ‘कतिले सोध्नुहुन्छ कसरी यति ठूलो कम्पनीको पेजमा तपाइँको फोटो आएको ? कम्पनीले ब्रान्डिङ गरेकोले समाजमा विश्वास बढेको, व्यवसाय गर्न सहज भएको र आत्मविश्वास बढ्नुका साथै अझै बढि जिम्मेवार बनाएको छ ।’

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले कम्पनीद्वारा प्रदान गरिएको यो मूल्यवान अवसरमार्फत अभिकर्ताले मेचीदेखि महाकालीसम्म रहेका दूरदराजका हरेक घरसम्म पुगेर आफ्ना क्षमता प्रदर्शन गरी हरेक नेपालीको मनमा विश्वसनीयता स्थापित गरी आफ्नो व्यवसाय वृद्धिमा सहज हुनेमा आफू विश्वस्त रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%
happy

खुसी

0%
sad

दु :खी

11%
amazed

अचम्मित

11%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS